१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’

१७ बैशाख २०७९, शनिबार ११:५१

वैशाख १७, काठमाडौं | काठमाडौं वल्र्ड स्कुलले प्रोग्रेशिप (गुणस्तरीय) शिक्षाका लागि विदेश जान नपर्ने जनाएको छ । गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान नपर्ने र विदेश गएका नेपालीलाई समेत स्वदेश फर्काउन सफल भएको स्कुलको दाबी छ ।

स्कुलका प्रिन्सिपल केशर खुलालले १२ सय विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिन काठमाडौं वल्र्ड स्कुल सक्षम भएको बताए । शनिवार आयोजित अन्तरक्रियामा प्रिन्सिपल खुलालले १ देखि ९ कक्षासम्म मासिक ४३ हजार सात सयदेखि ४८ हजारसम्ममा आवासिय शिक्षा दिइरहेको बताए ।

 भक्तपुर उद्योग वाणिज्य संघ र स्कुलको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थीहरू विदेश जान नपर्ने बताए । काठमाडौं वल्र्ड स्कुलको भौतिक र शैक्षिक वातावरण देख्दा अमेरिकी स्कूलभन्दा पनि राम्रो र गुणस्तरीय देखेको उनले बताए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा रहेको सो स्कूल चौधरी ग्रुपले सञ्चालनमा ल्याएको हो । देशकै नमूना विद्यालयको रुपमा स्थापना गरेको दाबी गर्दै सो विद्यालय देशका सात वटै प्रदेशमा फैलाउने तयारी रहेको आयोजक स्कूल व्यवस्थापन समितिका अध्यक्ष र्इन्जिनियर डाक्टर मिथिलेस झाले बताए । सरकार शिक्षा र स्वास्थ्यको जिम्मेवारीबाट पन्छिदै गएको बताउँदै उनले शिक्षामा लगानी बढाउन आग्रह गरे ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन