२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुर्व मन्त्री हृदयेश त्रिपाठिको उम्मेदवार हारे त्रिपाठिको वडामा

२०७९, ३ जेष्ठ मंगलवार १७:०३

श्याम थापा । जेठ ३, सुस्ता । पुर्व मन्त्री एवं जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठिको जनता प्रगतिशील पार्टीबाट कोदालो बोकेको किसान चिन्ह लिएर वडा अध्यक्षमा उम्मेदवार भएका रामहरि उपाध्याय त्रिपाठीको वडा प्रतापपुर गाउँपालिका वार्ड न ६ बाट नै पराजित भएका छन् ।

आफुलाई मधेसको मसिहा मान्ने हृदयेश त्रिपाठीले आफ्नो दलबाट उठाएका वडा अध्यक्षका उम्मेदवारलाई त्रिपाठीको वडावाट नै हार बेहोर्न परेको छ ।

त्रिपाठीले यो भन्दा २०७४ सालको स्थानीय तहको चुनावमा आफ्नो कार्यकर्तालाई स्थानीय तहको चुनाव लडनु पाप रहेको भन्दै बहिस्कार गर्न पठाएका थिए तर अहिलेको स्थानीय तहको निर्वाचन २०७९ को स्थानीय तहको निर्वाचनमा पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह मध्येमा २ वटा स्थानीय तहमा प्रमुख उपप्रमुख र ३ पालिकाहरुमा वडामा समेत उम्मेदवार उठाएका छन् ।


त्रिपाठीको वडामा उम्मेदवार रहेका जनता प्रगतिशील पार्टीका उम्मेदवार अर्थात त्रिपाठीका वडा अध्यक्षका उम्मेदवार उपाध्यायले कुल ५ सय ८९ मत मात्र प्राप्त गरेर हार भोग्नुपरेको छ । भने सो वडामा नेपाली काङ्ग्रेसका नेता एवं पुर्व सांसद देवकरण प्रसाद कलवारले भने आफ्नो दल नेपाली काङ्ग्रेस पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी गराएका केशव प्रसाद अधिकारीलाई बिजयी गराएका छन् ।

पश्चिम नवलपरासीका प्रतापपुर गाउँपालिका वडा न ६ का वडा अध्यक्षमा बिजयी भएका अधिकारीले ८ सय ४३ मत प्राप्त गरि बिजयी हासिल गरेका हुन् । भने उनका निकट प्रतिद्वन्दी त्रिपाठीका जनता प्रगतिशील पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार उपाध्यायले ५ सय ८९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन