2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सर उपचार उपलब्ध रहेको दाबी

जेठ २१, काठमाडौं | अब नेपालमै क्यान्सरको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलब्ध रहेको दाबी गरिएको छ । नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँचौँ वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका क्यान्सर विज्ञ डा. सुदीप श्रेष्ठले उक्त दाबी गरेका हुन् । 

उनले त्यसकारण विदेशमा पुगेर महँगोमा क्यान्सर उपचार गर्न जानु नपर्ने बताए । नेपाल क्यान्सर हस्पिटल रिसर्चले नेपालमै कम पैसामा क्यान्सरको उपचार गर्न आफूहरू सफल भएको दाबी उनले गरे । नेपालको क्यान्सरको उपचार नेपालमा नै भन्ने नाराका साथ आफूहरूले नेपालमै कम पैसामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार सेवा प्रदान गर्दै आइरहेको जनाए । 

क्यान्सर उपचारमा सदैव साथ बिरामीको हातमा हाम्रो हात भन्ने भावनाका साथ आफूहरू बिरामीमा सेवामा दिनरात लागिरहेको उनको भनाई थियो । 

वार्षिकोत्सवको उद्घाटन स्वास्थ्य सचिव डा. रोशन पोखरेलले गरेका थिए । त्यस अवसरमा अस्पतालमा आठ वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रमको क्रममा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि दिलाइएको थियो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा निकाल्दै आएको आशा स्मारिकाको पनि संयुक्त रूपमा विमोचन गरिएको थियो ।  

नेपालमा सेन्टरका साथै भरतपुर क्यान्सर अस्पताल भरतपुर चितवन, भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरलगायतका अस्पतालमा बढी प्रख्यात छन् । क्यान्सर उपचार नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउन डा श्रेष्ठकै अगुवाइमा ललितपुरको हरिसिद्धिमा ठूलो स्केलमा पछिल्लो पटक नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई