Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

टेकु अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको संक्रमण !

By साझासवाल 2 मिनेट पढाइ

असार ६, काठमाडौं | शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको लक्षण देखिएको छ ।

आइतबार अस्पतालको आईसीयूमा भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिए ।

एन्टिजेन रिपोर्ट पोजिटिभ आएपनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ । बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौंका ६५ वर्षीया महिला हुन् ।

यसअघि टेकु अस्पतालमा बिहीबार भर्ना भएका एकै परिवारका दुई महिलामा आइतबार हैजा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा नै हैजा देखिएपछि उमालेर मात्रै पानी पिउन र साबुनपानीले पटकपटक हात धोइरहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।