असार ९, मोरङ | व्यक्तिगत झगडाको असर सरकारी सम्पत्तिमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।

ज्योतिका बाबु जयप्रकाश कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष हुन् । बाबु जयप्रकाशले गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा एमालेलाई पनि भाग दिएको भन्दै छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्नेसरकारी गाडी तोडफोड गरेका हुन् ।

प्रदेश १ को १ झ ५७८ नम्बरको गाडी उनले मंगलबार तोडफोड गरेका थिए । तोडफोडबाट गाडीको सिसा पूरै फुटेको छ ।

यद्यपि, उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर गाडी मर्मत गर्ने शर्तमा माफी दिइएको छ ।