<p><b>असार २७, काठमाडौं |</b> नेपालमा पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८३४ जनाको पिसिआर परीक्षण गर्दा १२९ र एक हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो ।<br></p><p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन् । आज कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।</p>
July 11, 2022
काठमाडौँ - KTM, स्वास्थ्य
नेपालमा थपिए १६८ कोरोना संक्रमित
By साझासवाल
1 मिनेट पढाइ










