पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा छँदा अभावका पुराना दिनहरुको स्मरण गरेका थिए ।

डडेलधुराबाट काठमाडौं आएपछि देउवा डोटीका बलायरसँग एउटै कोठामा १० वर्षसम्म बसेका थिए । उनीहरुले काठमाडौं आएपछि नै मीत लगाएका हुन् । आफूलाई सम्झेर अस्पतालसम्म आएकोमा बलायरले मीत देउवालाई धन्यवाद भनेका थिए ।

देउवाका मीत नरबहादुरका भाइ वीरबहादुर बलायर कांग्रेसबाट चुनाव जितेरका र मन्त्रीसमेत भएका नेता हुन् ।