2026-07-25 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिता बनेपछि ‘खुम्चिन्छ’ पुरुषको दिमाग : अध्यायन

भदौ २८, काठमाडौँ | एजेन्सी | बच्चा जन्मिएपछि धेरै पटक आमाको व्यवहार, शारीरिक परिवर्तन र समस्याबारे कुरा गरिन्छ । पिता बन्ने पुरुषबारे कसैले पनि कुरा गर्दैनन् । पहिलो पटक पिता बनेपछि पुरुषको मन–मस्तिष्कमा कस्तो खालको असर हुन्छ भन्नेबारे कसैले सोचेको छ त ? कसैले यसबारे कुरा गरेको सुनिँदैन, यस्ता कुरामा कसैले ध्यानसमेत दिँदैनन् ।

तर यसबारे हालै एक अन्तरराष्ट्रिय अनुसन्धान गरिएको छ । जसमा पिता बन्ने पुरुषको दिमागको स्थिति कसरी परिवर्तन हुन्छ भन्नेबारे जानकारी दिइएको छ । नयाँ पिताको शरीरभित्र पनि न्युरोलोजिकल परिवर्तन हुन्छन् । यद्यपि, अनुसन्धान व्यापक रुपमा गरिएको त छैन तर दिमागभित्रका पत्र आमा बन्ने महिलाको मात्रै परिवर्तन हुँदैन भनेर चाहिँ स्पष्ट रुपमा यसमा भनिएको छ । पहिलो पटक पिता बन्ने पुरुषको न्युरल सबस्ट्रेट्स अर्थात् सहज भाषामा भन्ने हो भने दिमागको पत्रमा परिवर्तन आउँछ ।

नयाँ जिम्मेवारी र भूमिकासँगै पुरुषहरुको दिमागमा असर पर्छ । शोधमा पत्ता लागे अनुसार पहिलो पटक पिता बन्ने पुरुषको दिमागमा भएका कोर्टिकल भोल्युममा एक वा दुई प्रतिशतको कमी आउँछ । यो एक प्रकारको संकुचन हो जुन दिमागको डिफल्ट मोड नेटवर्कसँग जोडिएको हुन्छ । पुरुषले ‘म पिता बनिसकेको छु’ भनेर स्वीकार गर्ने बित्तिकै उनको दिमाग खुम्चिन थाल्छ । यो शोध हालै सेरेब्रल कर्टेक्समा प्रकाशित भएको छ ।

‘ओहो, दिमाग नै खुम्चिने ? यो त बर्बाद पार्ने खालको रहेछ’ भन्ने धेरैलाई लाग्ला तर साँच्चै भन्नुपर्दा यो कुनै खराब कुरा होइन । वास्तवमा यसले दिमागको शुद्धतालाई बढाउँछ । दिमागलाई बढी रिफाइन गर्छ । यसो हुँदा बच्चासँग पिताको मानसिक सम्बन्ध उत्कृष्ट हुन्छ । बच्चासँग उनको सम्बन्धमा प्रेम अंकुरित हुन्छ । आमा बन्ने महिलामा यो प्रक्रिया अलि बढी हुन्छ त्यसैले उनीहरुको बच्चासँग लगाव, प्रेम र सम्बन्ध बढी घना र गहिरो हुन्छ, बढी बलियो सम्बन्ध हुन्छ ।

यसअघि गरिएका अनुसन्धानमा बच्चाको जन्मपछि पुरुषको दिमागमा थोरै परिवर्तन आउँछ भनेर भनिएको थियो । नयाँ अनुसन्धानमा भने कति र कस्तो परिवर्तन आउँछ त भन्ने कुरामा ध्यान दिइएको छ । यो अनुसन्धान म्याग्नेटिक रेसोनेन्स इमेजिङ डेटामा आधारित छ जसमा पहिलो पटक पिता बनेका ४० व्यक्तिको दिमागलाई बच्चा जन्मिनु अघि र पछि विश्लेषण गरिएको छ । अनुसन्धानमा २० जना स्पेनका नागरिक संलग्न थिए भने २० अमेरिकी नागरिकको उपस्थिति थियो ।

यसका साथै थप १७ जना व्यक्तिको दिमागको अध्ययन पनि गरियो जसका सन्तान थिएनन् । सबैको डाटा एकैपटक संकलन गरेपछि दुईवटा प्रयोगशालामा उनीहरुको दिमागको  आयतन, मोटाई र ढाँचागत विकासको अनुसन्धान गरियो । यो अनुसन्धानपछि के पत्ता लाग्यो भने पहिलो पटक पिता बनेका पुरुष महिलाको तुलनामा बच्चामाथि कम समय वा ध्यान दिन्छन् भने उनीहरुको दिमागमा असर परेन भन्ने होइन । उनीहरुले पिता बन्ने जिम्मेवारी महसुस गर्छन् । पुरुषलाई पनि पोस्टपार्टम डिप्रेशन हुन्छ तर यसबारे कहिल्यै ध्यान दिइँदैन ।

साधारणतया जब कुनै खालको खुसी महसुस हुन्छ तब दिमागको सबकार्टेक्समा असर पर्छ । तर यहाँ त्यस्तो केही हुँदैन । पिता बनेपछि पुरुष खुसी त हुन्छन् तर उनीहरु पोस्टपार्टम डिप्रेशनको पनि शिकार हुनसक्छन्, उनीहरुको दिमाग खुम्चिने गर्छ किनभने अब उनीहरुलाई एउटा नयाँ जिम्मेवारी थपिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक