डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु

साझासवाल
1 Min Read

असोज ११, काठमाडौं | देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।

२०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply