2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

४४ मध्ये १७ सिटमात्र जितेको माओवादीलाई एमालेबाहेक क–कसले हराए ? (सूचीसहित)

मङ्सिर १५, काठमाडौँ | मंसिर ४ को निर्वाचन नतिजा अन्तिम चरणमा पुगेसँगै चुनावी परिणामलाई लिएर दलहरुमा लेखाजोखा सुरु भएको छ । प्रमुख राजनीतिक दलहरुका लागि अस्तित्वको लडाई बनेको यो निर्वाचनमा एमाले नेतृत्वको गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भयो ।

एमालेले जसपा र राप्रपा लगायतसँग चुनावी गठबन्धन गरेको थियो भने कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा रहेका थिए । गठबन्धन नै बनाएर चुनावी मोर्चामा उत्रँदा पनि कतिपय दलहरुले पूर्वानुमान गरेअनुरुप नतिजा हात लगाउन सकेन्न । त्यसमध्ये एक दल हो– नेकपा माओवादी केन्द्र । यो पार्टीले २०७४ को निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नै ३६ सिट जितेकोमा यो पटक १७ मा सीमित बन्यो ।

माओवादीलाई एमालेले कहाँ-कहाँ हरायो ?

१.नरेन्द्र साह कलवार, सर्लाही ३- हरिप्रसाद उप्रेती  (विजयी)

२.नरेन्द्र बहादुर कुँवर, बैतडी- ददामोदर भण्डारी (विजयी)

३. देव गुरुङ, लमजुङ- पृथ्वी सुव्वा गुरुङ (विजयी)

४.विश्वनाथ साह, सिराहा ३- लिलानाथ श्रेष्ठ (विजयी)

५.गिरीराजमणि पोखरेल, महोत्तरी १- लक्ष्मी महतो कोइरी (विजयी)

६.खेलप्रसाद बुडाक्षेत्री, ताप्लेजुङ- योगेश भट्टराई  (विजयी)

७.महेशजंग गहतराज, बाँके १- सूर्यप्रसाद ढकाल (विजयी)

८.बीना मगर, कञ्चनपुर १ः तारा लामा तामाङ (विजयी)

९. चक्रपाणी खनाल, कपिलबस्तु १- बलराम अधिकारी (विजयी)

१०.रामजी बराल, कास्की ३- दामोदर पौडेल (विजयी)

११. हरिकुमार रानामगर, झापा २- देवराज घिमिरे (विजयी)

१२. कल्पना धमला, काठमाडौ ९- कृष्णगोपाल श्रेष्ठ (विजयी)

रास्वपासँग माओवादी पराजित क्षेत्र 

१३. ओनसरी घर्ती, काठमाडौ २- सोविता गौतम (विजयी)

१४. पम्फा भुसाल, ललितपुर ३- तोसिमा कार्की (विजयी)

१५. मानुषी यमी भट्टराई, काठमाडौ ७- गणेश पराजुली (विजयी)

जसपाले हराएका क्षेत्र

१६.शिवचन्द्रप्रसाद कुशवाह, बारा २- रामसहायप्रसाद यादव  (विजयी)

१७.मुक्सामहाङ सुव्वा, सुनसरी १- अशोककुमार राई (विजयी)

१८. मात्रिका यादव, धनुषा १- दीपक कार्की (विजयी)

नागरिक उन्मुक्तिले हराएका क्षेत्र

१९.भगतबहादुर बढुवाल, कैलाली २- अरुनकुमार चौधरी  (विजयी)

२०.कृष्णकुमार चौधरी, कैलाली ३- गंगाराम चौधरी (विजयी)

राप्रपाले हराएका क्षेत्र

२१. गोमा गौतम कुँवर, जुम्ला- ज्ञानेन्द्र शाही (विजयी)

२२.भोजराज अधिकारी, चितवन ३- विक्रम पाण्डे (विजयी)

नेमकिपाले हराएका क्षेत्र

२३.सुनिल गोठे भाक्तपुर, १- प्रेम सुवाल (विजयी)

कांग्रेसले हराएका क्षेत्र (जहाँ गठबन्धन थिए)

२४. अञ्जना विशंखे, काठमाडौ १०- राजन केसी (विजयी)

स्वतन्त्रले हराएका क्षेत्र

२५.सुरेश पन्थ, बर्दिया २- लालवीर चौधरी (विजयी)

२६.शिवकुमार मण्डल (केवट) मोरङ ५- योगेन्द्र मण्डल (विजयी)

२७. (दोलखामा मंसिर १५ मा मतदान भइरहेको छ । यहाँ माओवादीका गंगा कार्की माओवादीका उम्मेदवार रहेका छन् ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई