२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

२०७९, १६ मंसिर शुक्रबार ०८:१४

मङ्सिर १६, काठमाडौँ | भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् ।  नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ । 

नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नुहुने चिकित्सकको भनाइ छ । 


भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत् जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम भएको बताउनुभयो । 

औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उहाँको दाबी छ । तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उहाँको अनुभव छ । 

एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको छ । जसमध्ये दुई जनामा सङ्क्रमण देखिएको थियो ।

सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी सङ्क्रमित औषधि लिन आउने गरेका छन् । तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका सङ्क्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन् । विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन् । 

सापकोटाका अनुसार हाल एक हजार एक सय चार जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन् । जसमध्ये ४५ जना बालबालिका छन् । औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत हुनुहुन्छ । 

नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो भएको उहाँको भनाइ छ । औषधि खाइरहेका सङ्क्रमितमध्ये ९७ दशमलव ६० प्रतिशतको सङ्क्रमण नसर्ने अवस्थामा पुगेको छ । एक हजार कपीभन्दा कम भइरसको सङ्ख्या भएका बिरामीबाट एचआइभी एड्स नसर्ने उहाँले जानकारी दिनुभयो ।

सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । समूदायमा परीक्षण गरिएका एक सय २४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका एक सय ११ जनामध्ये २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस वर्ष एक सय १६ जना नयाँ सङ्क्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधि सुरु गरेका छन् । सङ्क्रमितले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ । सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ ।

जिल्लामा रहेका सङ्क्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष छन् । यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिङ्गी, यौनिक अल्पसङ्ख्यक, लागूऔषध प्रयोगकर्तामा पनि सङ्क्रमण देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ