जब शरीरको अक्सिजन सप्लाई बन्द हुन्छ, त्यसको केही मिनेट भित्रै अंगको सबै व्यवस्था ठप्प हुन्छ । यसलाई पोइन्ट अफ नो रिटर्न भनिन्छ अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  जब शरीरको अक्सिजन सप्लाई बन्द हुन्छ, त्यसको केही मिनेट भित्रै अंगको सबै व्यवस्था ठप्प हुन्छ । यसलाई पोइन्ट अफ नो रिटर्न भनिन्छ अर्"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

मृत्युपछि शरीरको यो भाग सक्रिय हुन्छ

मङ्सिर २३, काठमाडौँ । जब शरीरको अक्सिजन सप्लाई बन्द हुन्छ, त्यसको केही मिनेट भित्रै अंगको सबै व्यवस्था ठप्प हुन्छ । यसलाई पोइन्ट अफ नो रिटर्न भनिन्छ अर्थात्, जहाँबाट फिर्ता हुन असम्भव छ । यो त्यो स्थिति हो जब शरीरको तापक्रम हरेक घण्टा डेढदेखि दुई डिग्रीसम्म खस्किँदै जान्छ । कोशिका मरेका कारण शरीरबाट गन्ध आउन थाल्छ । यतिबेला लाग्छ, मानौँ शरीरको सबै कुरा रोकिइसकेको छ । केही अंगले काम पनि गरिरहेका हुन्छन्, तर धेरै बेरसम्म होइन । यस्तै वैज्ञानिकले मस्तिष्कमा एउटा यस्तो जिनबारे पत्ता लगाएको छ जुन मृत्युपछि मात्रै सक्रिय हुन्छ, यहाँसम्म कि तीब्र रुपमा बढ्न पनि थाल्छ ।


युनिभर्सिटी अफ इलिनोयसका अनुसन्धातालेनसा सम्बन्धि समस्यासँग जुधिरहेका एक बिरामीको शल्यक्रियाको क्रममा उनको दिमागको तन्तुलाई छुट्टै निकालेर अनुसन्धान गरे । यसमा उनीहरुले के पाए भने तन्तुका अन्य कोशिका त मरे तर एउटा कोशिका जीवित रह्यो र निकै तीब्र रुपले बढ्नसमेत थाल्यो । यो कुरा बुझ्नका लागि वैज्ञानिकले पुनः स्टिम्युलेटेड ब्रेन एक्सपेरिमेन्ट गरे जसमा मस्तिष्कका तन्तुलाई कोठामा तापक्रममा राखेर २४ घण्टासम्म अनुसन्धान गरे ।

यो जिन्सको व्यवहार भिन्न देखियो

अनुमान गरे अनुसार मस्तिष्कको निर्णय लिने र स्मरण गर्न मद्दत गर्ने कोशिकाले तीब्र रुपमा आफ्नो गुण गुमायो । यस्तै, जम्बी जिन्स भने त्यहि २४ घण्टाभित्र सक्रिय मात्रै भएन, यो तीब्र रुपमा बढेर थुप्रै गुणा भयो । यो जिन्स ग्लिअन सेल्सको श्रेणीमा पाइयो जुन धेरैजसो टाउकोमा चोट लागेपछि सक्रिय हुन्छ । यसको काम दिमागलाई कुनै चोटबाट बचाउनु हो । जम्बी सेल्सको काम पनि यही हो कि भनेर अनुमान गरिएको छ । यसको अनुमानको भरमा दिमागलाई काम गराइरहन मद्दत गर्छ ।

अल्जाइमर्सजस्ता रोगको उपचारमा मद्दत गर्ने आशा

यो शोध साइन्टिफिक रिपोर्ट्स जर्नलमा प्रकाशित भएका छन् । वैज्ञानिक हाल यसमा काम गरिरहेका छन् । उनीहरुलाई आशा छ कि जम्बी सेल्सको मद्दतले थुप्रै न्युरोसाइकेट्रिक रोग जस्तै अल्जाइमर्स, डिमेन्सिया अटिजमको उपचार खोज्न सकिन्छ । स्मरण रहोस्, यसमाथि शोधका लागि हालसम्म वैज्ञानिकको समूह पोस्टमार्टम टिस्यूमा निर्भर छ । यसले खासै त्यस्तो सटिक शोध हुन सकिरहेको थिएन । अब मृत्युको २४ घण्टापछि पनि कुनै कोशिका विकास भइरहेको छ भने यससँग न्युरोसाइकेट्रिक रोगमाथिको अनुसन्धान थप सहज हुन सक्नेछ ।

मृत्यु पछि शरीर एकैपटक मर्दैन

यो त भयो दिमागको तन्तुको कुरा तर मृत्यु पछि पनि शरीरका अन्य अंगले काम गरिरहेका हुन्छन् भन्ने तपाईंलाई थाहा छ ? ती अंगमध्ये केही कलेजो, मृगौला र मुटु हुन् । अंग दानका बेला ध्यान राख्नुपर्ने कुरा के छ भने दान दिएको आधा घण्टादेखि ६ घण्टाभित्र अंग दान गरेर प्रत्यारोपित हुनुपर्छ । मृत्युपछि पनि शरीरका केही क्रियाकलाप पनि चलिरहन्छन् जस्तै कपाल र नङ बढ्नु । यसका साथै पेटमा पाइने गुड ब्याक्टेरिया खाना पचाउने काममा लागिरहेको हुन्छ ।

मृत्युका थुप्रै चरण

मृत्युको प्रक्रिया सुरु हुने बेला अर्थात् जब मुटुले रगत पम्प गर्न बन्द गर्छ, त्यसको केही दिन अघि नै पाचनको प्रक्रिया स्लो हुन्छ । डायजेस्टिभ ट्र्याकले आफ्नो नमी गुमाउँछ । यसै कारणले उमेर पुगेका बिरामीमा यस्तो धेरै पटक देखिन्छ कि मृत्यु हुनु थुप्रै दिनअघि नै उनीहरुले खान–पिउन लगभग छोडिसकेका हुन्छन् । डाक्टरले मृत्युको यो भिन्न भिन्न चरणलाई भिन्न भिन्न नामले बोलाउँछन् जस्तै सोसल, साइकोलोजिकल र फिजियोलोजिकल डेथ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक