Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चिसो पानीले नुहाउँदा साँच्चै फाइदा हुन्छ?

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पुस ८, काठमाडौँ | दैनिक चिसो पानीले नुहाउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने धेरै अनुसन्धानबाट पुष्टी भएको छ । चिसो पानीले नुहाउँदा तपाईंका बानीमा धेरै सुधार ल्याउन सकिन्छ। यसका केही मुख्य फाइदा छन्।

यसले रक्तसञ्चार राम्रो बनाउँछ, तनाव कम गर्छ,  उत्साह र जागरूकता बढाउँछ। यो बानीले तनाव र चिन्ता कम गर्छ, साथै व्यायामपछि मांसपेशी मर्मत गर्न, बोसो घटाउन वा प्रतिरक्षा प्रणालीमा सुधार गर्न पनि निकै लाभदायक हुने मानिन्छ।

तर यो वैज्ञानिक अध्ययनमा प्रमाणित भएको हो कि होइन ? भन्ने प्रश्न उब्जिएको छ।  यदि यो साँच्चै हो भने तपाइँ यी फाइदा भएकै आधारमा जाडोमा चिसो पानीले नुहाउन तयार हुनुहुन्छ त?

हाम्रो छाला चिसो पानीको सम्पर्कमा आउँदा शरीरमा झनझनाहट महसुस हुन्छ र यो समयमा शरीरले तनावमा धेरै छिटो प्रतिक्रिया गर्दछ, जसले मुटुको धड्कन र रक्तसञ्चार बढाउँछ।

अर्कोतर्फ चिसो पानीले नुहाउनु निकै सुरक्षित पनि मानिन्छ । चिसोले काँप्नु बाहेक यसले शरीरलाई हानि पुर्‍याउने वा अन्य कुनै प्रतिकूल असर गर्दैन।

'यदि तपाई धेरै बुढो हुनुहुन्छ वा मुटुको समस्या छ भने, तपाई बेहोस हुन सक्नुहुन्छ वा हृदयघात हुन सक्छ,' बीबीसी कार्यक्रम ट्रस्ट मी, म एक डाक्टर कार्यक्रममा डा क्रिस भान टोल्केनले भने।

तनाव र चिन्ता कम गर्छ

चिसो पानीले चिन्ता र तनाव कम गर्छ भनी देखाउने कुनै क्लिनिकल परीक्षण नभए पनि विज्ञहरूको भनाइ अनुसार यसले मद्दत गर्न सक्छ। चिसो पानीले नुहाउँदा मानिसलाई तनाव उत्पन्न गर्ने हानिकारक रसायन र हर्मोन शरीरबाट बाहिर निस्कन्छ।

२०१३ मा टीईडी वार्तामा, ट्राइएथलीट जोएल रुन्योन काले आफ्नो अनुभवको आधारमा चिसो पानीले तपाईलाई डराउने र असहज महसुस गराउने अवस्थाहरूसँग व्यवहार गर्ने तरिका परिवर्तन गर्ने क्षमता विकास गर्छ।

साथै चिसो पानीले नुहाउनेहरूको दिमागमा एक्कासी झटका लाग्छ, जसले एन्टीडिप्रेसेन्ट प्रभाव पार्न सक्छ।

प्रतिरक्षा प्रणाली को लागि?

डा. क्रिस वान टोल्केनका अनुसार यो अन्तिम प्रमाण भने होइन।

२०१६ मा, जर्नल प्लस वनमा प्रकाशित एक डच अध्ययनले चिसो पानीको स्वास्थ्य पार्ने प्रभावहररुको बारेमा वर्णन गरेको छ। यस अध्ययनमा संलग्न २९ प्रतिशत व्यक्तिमा ९० दिनसम्म दैनिक चिसो पानीले नुहाउने बानीका कारण रोगमा कमी आएको  देखाएको छ ।

अध्ययनको क्रममा, यी मानिसलाई तातो पानीले सामान्य नुहाएर अन्त्यमा ३०, ६० वा ९० सेकेन्डको लागि चिसो पानीले नुहाउन भनियो।

चिसो पानीमा नुहाउँदा  रुघाखोकी नलाग्ने, यसले कुनै प्रतिकूल प्रभाव नपार्ने,  चिसो पानीले कति बेर नुहायो भन्ने कुराले पनि कुनै असर नगर्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।

सहभागीहरू बीच भएको सबैभन्दा उल्लेखनीय लाभ ऊर्जामा वृद्धि थियो, जुन क्याफिनको प्रभावभन्दा धेरै थियो।

यसले शरीर र हात खुट्टा चिसो महसुस भने हुन थालेको बताए। चिसो भए पनि धेरै खेलाडी व्यायामपछि चिसो पानीले नुहाउने पक्षमा समर्थन गर्छन्।

चिसो पानीले नुहाउँदा व्यायामपछिको दुखाईमा आराम मिल्छ । तर यसले काम गर्छ वा गर्दैन भन्ने बारे वैज्ञानिकहरूसँग कुनै प्रमाण भने छैन।

केही अध्ययनहरूले यसले स्वास्थ्यमा सुधार ल्याउँछ भन्छन् तर केहीले यसले मांसपेशीहरूको अनुकूलन गर्ने क्षमतालाई कम गर्छ भन्छन्।

फिजिकल थेरापी इन स्पोर्टमा प्रकाशित २०१४ को अध्ययनमा चिसो र तातो पानीले नुहाउने बीचमा खासै महत्त्वपूर्ण भिन्नता नभएको उल्लेख छ।

के यसले साँच्चै बोसो घटाउँछ?

चिसो पानीले नुहाउँदा शरीरमा जमेको बोसो सक्रिय हुन्छ अर्थात् अतिरिक्त बोसो घट्छ भन्ने कुरा प्राय सुनिन्छ । डा. टोल्केनका अनुसार यसको पुष्टी गर्ने  कम प्रमाण छ।

धेरै अध्ययनमा चिसो पानीले नुहाउँदा शुक्राणु उत्पादनमा फाइदा पुग्ने कुरा बाहिर आएको छ । तातो पानीले नुहाउँदा तपाईको अण्डकोषको तापक्रम बिग्रन्छ र यसको प्रत्यक्ष असर शुक्राणुको संख्यामा पर्छ ।

डा. टोल्केनका अनुसार चिसो पानीको नुहाउने फाइदाबारे वैज्ञानिक अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र अहिलेसम्म कुनै ठोस प्रमाण छैन।

तर, चिसो पानीले नुहाउँदा चिसो लाग्नुबाहेक अरु कुनै हानि नहुने उनी बताउँछन्। बीबीसी