Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 9, 2023 स्वास्थ्य

रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरू

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयमा अनुसन्धान प्रक्रिया अघि बढेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आवश्यक कागजात संकलन सुरू गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्यूतमणि न्यौपानेले  लामिछानेको पासपोर्टका विषयमा अनुसन्धान अघि बढाइएको बताए ।

न्यौपानेले भने,‘जिल्ला प्रशासन कार्यालय,राहदानी विभाग र अध्यागमन विभागलाई रविले लिएको पासपोर्टका विषयमा सोधेका छौं । विस्तृत विवरण मगाएका छौं । ती निकायबाट संकलन गरिएका प्रमाण पुष्टि भएपछि जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर,काठमाडौंमा पठाउने योजना छ ।’

युवराज पौडेल ‘सफल’ले प्रहरीले लामिछानेको पासपोर्टमा अनुसन्धान अघि नबढाएको भन्दै मंगलबार सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए । आफू अमेरिकी नागरिक छँदा लामिछानेले दोहोरो राहदानी लिएको विषयमा गृह मन्त्रालयमा पनि उजुरी परेको छ। त्यसको टुंगो लागेको छैन।  पौडेलले प्रमाणसहित जाहेरी दिँदा पनि प्रहरी परिसर टेकु काठमाडौंले दर्ता गर्न नमानेको निवेदनमा उल्लेख गरेका छन्।

सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि लामिछानेको उपप्रधान,गृहमन्त्री र सांसद पद गुमेको छ। अदालतकै आदेशमा उनले पुन:नागरिकता प्राप्‍त गरिसकेका छन्।

पुन:नागरिकता पाएपछि उनले गृहमन्त्रालयमा दावी गरेका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृह आफूसँगै राख्ने बताएपछि लामिछाने सरकारबाट बाहिरिएका छन्।