जिल्ला अस्पताल सुनसरीका ८ डाक्टरले दिए सामूहिक राजीनामा

साझासवाल
1 Min Read

माघ २७, सुनसरी | जिल्ला अस्पताल इनरुवामा कार्यरत ८ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्ड डा. देवराज घिमिरेले संरक्षण नगरेको र गाली गलौज गरेको भन्दै ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका हुन् ।

सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. घिमिरे मौन बसेको उनीहरूको गुनासो छ ।

मेडिकल अधिकृतहरू डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दीपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डलले अस्पताल प्रशासनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

भोक्राह गाँउपालिकाबाट बिरामी ल्याउँदा ड्युटीमा डाक्टर नभेटिएपछि मेडिकल सुपरिटेन्ड घिमिरेले सोधखोज गरेका थिए । यही विषयलाई लिएर राजनीतिामा दिएको स्रोतको भनाई छ । अस्पताल प्रशासन र अस्पताल विकास समितिका बिचमा विवाद हुँदा त्यहाँ ६ महिनादेखि विकास समितिको वैठक बस्न सकेको छैन ।

‘आजको दिनमा अस्पताललाई यो अवस्थामा पुर्‍याउन दिन रात खटिरहेका हामीविरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारबाजी भएको देख्दा हामी मानसिक तनावमा छौं र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको जानकारी गराउँदछौं,’ मेडिकल अधिकृतहरुले अस्पताल व्यवस्थापनलाई लेखेको सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।

Share This Article
Leave a Comment

Leave a Reply