2026-07-11 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

कुन उमेरसम्म कसरी बढ्छ मान्छेको उचाई ?

काठमाडौँ | निश्चित उमेरसम्म हाम्रो शरीरको उचाई बृद्धि हुन्छ । त्यस अवधीभित्र हामीले अपनाउने जीवनशैली र खानपानले पनि उचित मात्रामा उचाई बढाउने काम गर्छ ।

सबैजना चाहन्छन्, अग्लो कद । यद्यपी उमेर पुगेपछि आफ्नो कद बढाउने कुरा हाम्रो वसमा हुन्न । वास्तवमा हामी कति अग्ला हुन्छौं भन्ने कुरा हाम्रो जिनमा निर्भर गर्छ । यसका साथै ह्युमेन ग्रोथ हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । खासगरी किशोरवयमा शरीरको उचाई तिब्र रुपमा बढ्छ । अक्सर २१ बर्षसम्म मात्र उचाई बढ्ने गर्छ । यहि समयमा हो, पोषणयुक्त खानपान र उचित किसिमको जीवनशैली अपनाउने । उचाई बढाउनमा यसले सहयोगी भूमिका खेल्छ ।

कुन उमेरसम्म उचाइ बढ्छ ?

सामान्यतया उचाइ बढ्ने अधिकतम उमेर २१ वर्षसम्म हो । किशोरावस्थामा शरीरको उचाइ तीव्र रुपमा बढ्छ ।

‘केटी महिनावारी हुनुभन्दा अघि र केटा दाह्री जुँगा पलाउनुअघि हलक्कै बढ्छन् । त्यसपछि भने उचाइ अलि अलि मात्र बढ्छ,’ डा. भट्टराई भन्छन्, ‘केटीको महिनावारीपछि एस्ट्रोजन हर्मोन र केटाको युवावस्थामा टेस्टोस्टेरोन हर्मोन विकास हुन्छ । जसले हड्डीमा भएको ग्रोथ प्लेट र हड्डी जोडिएपछि उचाइ बढ्ने क्रम कम हुँदै जान्छ ।’

१. सन्तुलित खानपान

हाम्रो शरीरको सम्पूर्ण विकासका लागि सन्तुलित खानपान आवश्यक हुन्छ । हरियो सब्जी, फल र प्रोटीन, कार्बोहाइड्रेटले भरपुर खाना सन्तुलित मात्रामा लिनुपर्छ । उचाई बढाउनका लागि हाम्रो शरीरमा ग्रोथ हर्मोन्सको स्राव हुन्छ । सबै किसिमको भिटामिन, प्रोटीन र बोसोयुक्त डाइट लिनाले यस्तो ग्रोथ हर्मोन निर्माण हुन्छ । सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाई बढाउन फाइदा गर्छ ।

२. मस्त निदाउने

सायद तपाईलाई थाहा नहुन सक्छ, सुतेको बेला पनि उचाईमा बृद्धि हुन्छ । एक अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाई सबैभन्दा बढी बढ्छ । जब हामी सुत्छौ, मन एकदम शान्त हुन्छ । हाम्रो मन शान्त भएपछि हामीले गहिरो निन्द्रा लिन्छौ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले यो उमेरमा कम्तिमा ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।

३. दुध र सोयाबीन

दुधमा केहि किसिममा लाभकारी पोषक तत्व भरपुर हुन्छ । खासगरी दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ । यसका साथै दुधमा भिटामिन ए र प्रोटिन मिल्छ, जसले हाम्रो सम्पूर्ण विकास हुन्छ । नियमित दुई/तीन गिलास दुध पिउनुपर्छ । यसका साथै सोयाबीन, पनिर र दही पनि सेवन गर्नुपर्छ ।

४. घाम ताप्ने

घामको किरणबाट हामीलाई भिटामिन-डी मिल्छ । बिहानको समयमा, जतिबेला घाम रापिलो भएको हुँदैन त्यसबेला पैदल हिँड्ने गर्नुपर्छ । यसले हड्डी बलियो हुन्छ र लम्बाई पनि बढ्छ । भिटामिन डीयुक्त दुध, माछा, अन्डा, पनिर पनि सेवन गर्नुपर्छ ।

५. घरेलु उपाय

उचाई बढाउनका लागि अश्वगन्धाले प्रभावकारी काम गर्छ । नियमित रुपमा दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिउनुपर्छ ।

कस्तो व्यायाम वा योगाले उचाई

उचाई बढाउनका लागि व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ । उचाई बढाउनको लागि तिब्र गतिमा कुद्नु राम्रो विधी हो । प्राकृतिक रुपमा उचाई बढाउनका लागि योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट