2026-09-19 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

के तपाईलाई थाहा छ ? कानेगुजीले बजाउँछ स्वास्थ्यमा खतराको घन्टी

एजेन्सी | कानमा जम्ने कानेगुजीलाई फोहोर मानिन्छ । जसकारण दैनिक रुपमा कानेगुजी झिक्न कान कोट्याउने बानी धेरैको हुन्छ । त्यति मात्र नभई बच्चालाई समेत रुवाएर भएपनि कानेगुजी फोहोर हो भन्ने हिसाबले निकालिदिने गरिन्छ । यसरी दैनिकजसो कानेगुजी झिक्नु कानको स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक होइन ।

कान स्वस्थ राख्न कानमा कानेगुजी हुनुपर्छ । यो बच्चादेखि वृद्धसम्मको लागि आवश्यक कुरा हो । कानमा हुने कानेगुजीले विभिन्न किसिमको फाइदा गरिरहेको हुन्छ ।

कानेगुजीले कानको सरसफाइ गर्ने काम गर्छ । कहिलेकाहीं लड्दा बाहिरी कानको जालीमा चोट लागे पनि कानेगुजी भएकै कारण कानको जालीभित्र चोट लाग्न दिंदैन । यदि कानेगुजी छ भने कानभित्र कीरा पसेमा जालीलाई धेरै क्षति गर्न सक्दैन ।

कान कोटाइहाल्यो भने पनि जालीभित्र पर्ने असरलाई कानेगुजीले रोक्न सक्छ । कानमा हुनसक्ने सानोतिनो संक्रमण कानेगुजीमा हुने एन्टीबायोटिक र एन्टी फंगल तत्वले निको पार्छ । साथै यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा समेत बताइदिन्छ ।

  • तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ ।
  • कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो । तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ ।
  • व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ । तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुस् किनकि तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ ।
  • कानेगुजी पहेंलो वा हरियो वा कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनी बुझ्नू । कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो ।
  • कानेगुजी कत्ले खालको भयो भने अनि तपाईंको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लाग्यो । तर चिन्ता नलिनुस्, यो उपचारले ठीक हुन्छ ।
  • कानेगुजी गनायो भने कानमा संक्रमण भएछ भनी बुझ्नू । 
  • कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू । यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई