२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा

२०७९, २५ फाल्गुन बिहीबार १२:१४

फागुन २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ ।

रासससँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उहाँले अब त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।”

उहाँले रास्वपाले राष्ट्रप्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताउनुभयो । “पाँच वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा  कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो । यसले थप जिम्मेवारीवोध भएको छ”, उहाँले भन्नुभयो । 

राजनीतिक निर्णय गर्दा सङ्ख्यात्मक र सैद्धान्तिकरूपमा निर्णय गर्नुपर्ने भएता पनि विगतमा हाम्रो हतारमा समीकरण बनेकाले सहमति टिकाउन नसकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विगतमा हाम्रो हतारमा समीकरण बनेकाले टिकाउन सकिएन । अहिले परिस्थितिको विश्लेषण गरी गहन छलफल र स्वमूल्याङ्कन गरेर हामी निर्णयमा पुगेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित