Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

उडिरहेको विमानमै यात्रुको मृत्यु भएपछि…

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाडौँ | भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ ।

मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा रहेको मेडिकल टीमले ती यात्रुलाई मृत घोषणा गरेको हो ।

उडानकै क्रममा ती यात्रुको स्वास्थ्य अचानक बिग्रिएको थियो ।

त्यसपछि विमानका पाइलटले कराची विमानस्थललाई मेडिकल इमर्जेन्सी परेको भन्दै अवतरणको अनुमति मागेका थिए । कराची विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले उक्त अनुमति दिएका थिए ।

सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा अन्य यात्रीलाई गन्तव्यमा पुर्‍याउनका लागि पहल गरिएको इन्डिगो एयरलाइन्सले जनाएको छ ।

मृत व्यक्ति नाइजेरियाका ६० वर्षीय अब्दुल्ला भएको बताइएको छ । पाकिस्तान नागरिक उड्डयन प्राधिकरण र नेशनल इन्स्टिच्युट अफ हेल्थले यात्रुको मृत्यु प्रमाणपत्र जारी गरेको पाकिस्तानको एआरवाई न्युजले खबर दिएको छ ।