चिरन्जिवी भारद्वाज | कात्तिक १२, काठमाडौं |

पन्चाङ्ग : कात्तिक महिनाको १२ गते शुक्रबार । कात्तिक कृष्णपक्ष अष्टमी तिथि, आज (राधाष्टमी) तद्अनुसार नोभेम्बर महिनाको २९ तारिक ।

बिहान सूर्योदय ६:१३ र सूर्यास्त ५:२० मिनेटमा हुनेछ । चन्द्रमा कर्कट राशिमा छ । आजको अभिजित मुर्हुतको समय भनेको बिहान ११:२६ देखि १२:१० सम्म छ ।

हरेक दिन अभिजित मुहूर्त हुन्छ । यसलाई शास्त्रमा शुभमुहूर्त मानिन्छ । अध्यात्मप्रति आस्था राख्नेले गर्ने शुभकर्मका लागि अभिजित मुहूर्तको समयका कर्म गर्ने गर्दछन् । आजका देवता हुन लक्ष्मी, ग्रहदेव हुन सूर्य । सनातनशास्त्र सूर्य भगवान साक्षात नारायण हुन् । आजका तिथि स्वामी हुन ‘शिव’ । चन्द्रमा कर्कट राशिमा भएका हुनाले आजको दिन यात्रा गर्दा उत्तर दिशातर्फको यात्रालाई शुभ मानिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आज मेष राशिका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेषराशि भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका कुरा सुनेर काम गर्नु राम्रो हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्ने छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम रहेको छ । तपाईँको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आज मिथुन राशि भएका व्यक्तिको चन्द्रमा गोचरमा छ । त्यसैले तपाईँको प्रस्तूतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईको उन्नती र प्रगतिको ढोका खुल्नसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । किनकी चन्द्रमा कर्कट राशिमा रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा तपाईलाई लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि भएकाका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईँको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुल हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन आफ्नो नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा तपाईँका लागि राम्रो हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यदी व्यापार व्यवसायमा लागेका कन्या राशिका हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिन्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रिबाट साथ सहयोगसमेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने तपाईँको मनमा प्रशन्नता बृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आकस्मिक मानसम्मान र अवसरको प्राप्ति हुनेछ । तपाईँले गर्दै आएका कामको सम्मान र घर परिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। यदी सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईँले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्दहरु प्राप्त हुनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

लामो दूरीको यात्राको लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्राको लागि समेत जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईँको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । यदी तपाईँ यात्रामा रमाउनुहुन्छ भने आजको दिन वृश्चिक राशि भएकाका लागि दिन उत्तम छ । टाभल्स, ट्रेकिङ्ग व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्न सकिदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापार व्यबसायबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामानहरु लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा उल्लाहस रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने सम्भावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुहरुमाथि विजयप्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन मीन राशि भएका व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन बहकिन सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

Related News