आजको पात्रो: आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ । आजदेखि नै नेपाल संवतको नयाँ वर्ष शुरुवात हुने गर्छ ।

आजबाट ११४२ बर्ष प्रारम्भ भएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले नेपाल संवतको स्वागत गर्ने गर्छन् ।

आज सूर्योदय बिहान ६:१८ र सूर्यास्त १७:१५ मा हुनेछ । आयुष्मान योग, स्वाती नक्षत्र चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान ११:२६ देखि १२:१० सम्म अभिजित मुहूर्त छ । आजको देवता हुन चन्द्रमा ग्रहदेव हुन केतु ।

आज तिहारको चौथो दिन हो । आज गाईगोरुको एकैसाथ पूजा गर्ने गरिन्छ । सनातनशास्त्रमा गाई भनेका माता समान हुन । गोरु किसानको लागि सबैभन्दा सहयोगी हो । त्यसैले आजको दिन गाईगोरुलाई मीठो खानेकुरा खान दिएर पूजा गर्ने प्रचलन छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आकस्मिक अर्थ लाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने संभावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईँले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीहरुको समीक्षा गर्नुपर्ने हुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

यदि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर सम्झनु होला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । मनमा अनेन कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु वेश हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ छ, त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

व्यापार ब्यबसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र स्त्रीबाट सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दक्षिणा दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ त्यसैले वादविवादमा नफस्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुभ्म राशिका जातकको लागि स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु वेश हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईको कामको अबमूल्यन गर्नसक्छन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा समस्या छ भने निको हुँदै जानेछ । विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्निु पर्ने हुनसक्छ । आजको दिन तपाईले हरेक कामा सर्तकता अप्नाउनुहोला । आफूले गरेको कामबाट तपाईलाई निकै सन्तुष्ठी मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ ।

Related News