२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेष राशिलाई रोजगारीमा नयाँ सफलता, कर्कटलाई चन्द्रमाको साथ

२०७८, १० मंसिर शुक्रबार ०४:५३

मङ्सिर १०, काठमाडौं | आजको पात्रो: १० मंसिर, शुक्रबार । २६ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष सप्तमी तिथि, चन्द्रमा कर्कट राशिमा छ भने अश्लेषा नक्षत्र, ब्रह्मा योग  छ । शुक्रबार विदेश यात्राका लागि राम्रो मानिन्छ । आज सूर्योदय बिहान ६:३४ र सूर्यास्त १७:०७ मा हुनेछ । देवता ब्रम्हा र ग्रहदेव मंगल छ ।

आज बिहान १०:३० देखि राहुकाल सुरु भएर ११:५२ को समयमा सकिने छ । अभिजित मुहूर्तको समय ११:३१ देखि १२:१३ सम्म रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता हात लाग्नेछ । आज नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईँको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)  : चन्द्रमाको साथ रहेको हुनाले आजको दिन तपाईँको शुभ छ ।  त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनी राशिबाट महिला र बृद्ध मातालाई केही उपहार दिनु होला । तपाईँमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईँको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातका लागि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईँको लागि मनोरञ्जन दिनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मानसम्मान मिल्ने योग छ । तपाईँलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईँमा थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु