Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको राशीफल: कुन राशि हुनेलाई कस्तो छ आजको दिन ? हेर्नुहोस्

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

आजको पात्रो : ४ चैत २०७८, शुक्रबार । तद्नुसार मार्च महिनाको १८ तारिक २०२२ । फागुन शुक्लपक्ष फागु पूर्णिमा(तराई क्षेत्रमा होली) । हिजो पनि पूर्णिमा व्रत थियो आज पूर्णिमाको समाप्ति हो । त्यसैले दुवै दिन होली मनाउने गरिएको छ । आज विहान सूर्योदय ६ः१३ सूर्यास्त १८ः१३ मा हुनेछ । आजको बब करण, उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान १०ः ४२ देखि १२ः३० सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा कुनै पनि शुभकार्य नगर्नु भन्ने शास्त्रीय मत छ । आजको देवता अग्नि र ग्रहदेव शनि रहेको छ । शुक्रबारको दिन मनोरन्जनात्मक कार्यको लागि उपयुक्त बार हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुन सक्नेछ । आजको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने देखिन्छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । कसैको अहित हुने कार्य मनमा नराख्नु बेश हुनेछ । सकारात्मक सोच आवश्यक छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

यदी ब्यापार ब्यबसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईमाथि परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ । नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आज तपाईको शुभ दिन हो । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला। मानसम्मान मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज तपाईलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईले जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । विहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने तपाईलाई सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले तपाईलाई निकै खुसी तुल्याउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन  मित्र र आफन्तसँग सम्बन्धमा केही विवाद हुनसक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्ध ब्यक्तिलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप कम हुनसक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन शुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला।  कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ । तपाईले सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन मान सम्मान मिल्ने संभावना छ ।  तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी ब्यक्तिलाई खान दिने र बालबालिकाहरुलाई अध्ययन सामग्री दिनुभयो भने तपाईमा हर्ष छाउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । आजको दिन व्रत गर्नु उत्तम हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ ।