२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

२०७९, २३ बैशाख शुक्रबार ०१:३०

वैशाख २३, काठमाडाैं | २३ वैशाख २०७९, शुक्रबार । तद्नुसार मे महिनाको ६ तारिख । बैशाखशुक्ल पञ्चमी,बालब करण, आद्रा नक्षत्र, धृति योग, चन्द्रमा मिथुन राशिमा छ । आज बिहान सूर्योदय बिहान ५ः२३ मा भएकाे छ भने सूर्यास्त १८ः४० मा हुनेछ ।

आजको दिन विदेशयात्राका लागि निकै शुभ मानिन्छ । आजका देवता जलदेवी हुन भने ग्रहदेव राहु हुन् । शुक्रबार विदेश यात्राका लागि शुभ मानिन्छ । आज बिहान १०ः२१ देखि १२ः०१ सम्मको समय राहुकाल छ । यो समयमा यात्रा नगर्नु होला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आज रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । आजको दिन कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा सफलता मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट प्राप्त हुने धनले अत्यन्त खुसियाली मिल्नेछ । ब्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंभित्र सकारात्मक  सोच हुन जरुरी छ । सकारात्मक सोचले मात्र  आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । तपाईंभित्र मनमा पनि निराशा उत्पन्न हुनेछ । सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने हर्षित हुनुपर्ने हुन्छ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आज शुभ छ ।  आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला, कसैसँग विवाद भयो भने तपाईं र तपाईंसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहोला। 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन  मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । शिवालय यात्रा गरेर कुमारी कन्या  र बृद्ध मातालाई खानेकुरा उपहार दिनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेका काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबार छिटो प्राप्त नहुनसक्छ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातकका लागि आजको दिन राम्रो छ । तपाईंको सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मानसम्मान मिल्ने योग छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन देवी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकका लागि आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र आजको दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो