२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाइँको आजको राशीफल

२०७९, १८ जेष्ठ बुधबार ०४:४४

जेठ १८, काठमाडौँ | आजको पात्रोः १८ जेठ, २०७९ । सन् २०२२ को १ जुन ।  ज्येष्ठ शुक्लपक्ष द्धितिया, बालब करण, मृगशिरा नक्षत्र, शूल योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः०९ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ । आज मध्यान्ह १२ः०२ देखि १ः४६ सम्मको समयमा राहुकाल रहेको छ । यो समयमा शुभकार्य गर्दा समस्या आइपर्न सक्छ । बुधबारको दिन आर्थिक कार्यका लागि शुभ मानिन्छ । छोटो दुरीको यात्राका लागि आजको दिन शुभ मानिन्छ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । बुधबारको लागि गृहस्थ जीवनका कार्यहरु गर्दा सफलता मिल्नेछ । आज ११ बजेदेखि १२ बजेसम्मको समय निकै शुभ रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थ लाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनसक्छ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुँदै जानेछ । नयाँ कामको थालनीसमेत हुनेछ । आजको दिन तपाईले गरेका काम सफल हुनेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन तपाइँलाई मानसम्मान मिल्नेछ । तपाइँमाथि अनावश्यक आरोप लाग्नेछ ।  आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नु होला । आफन्तजनहरूबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नैं वेश हुनेछ । आफ्नो नियमित काममा ध्यान दिनुहोला ।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा शुभ हुनसक्छ । मनका चिन्ता हरण हुँदै जानेछन् । अध्ययन अध्यापनको काममा लाग्नु राम्रो हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित कामबाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ । आजको दिन तपाईको लागि देवालय यात्रा शुभहुनेछ । विहान उठेर सूर्यको  दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशीका जातकका लागि पारिवारिक समस्या समाधान हुँदै जानेछ ।  कसैसँग पनि वादविवाद  नगर्नुहोला । त्यसैले आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । कुनै पनि शुभ कार्यका लागि आजको दिन उत्तम रहेको छ । कर्कट राशिका जातकले धैर्यपूर्वक कुनै नयाँ काम शुरु गर्न सक्नुहुन्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ ।  तपाइँले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा बाधा  हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोचका लागि देवालय शिवालय यात्रामा जानुहोला । आज कुनै कन्यालाई भोजन र बस्त्र दिन सक्नुहुनेछ ।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानी हुनसक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाइँले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवारको साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशीका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिएमा तपाईको प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुशियाली छाउने छ । आजको दिन जेष्ठ सदस्यबाट आशीर्वाद लिएर दिनको शुरुवात गर्नुहोला ।    

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशीका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन बिहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । तपाईलेको  निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ। आर्थिक समस्याले चिन्ता जताउने छ । परिवारका सदस्यहरुको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ