२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस् तपाईंको राशिफल

२०७९, २२ असार बुधबार ०१:४९

असार २२, काठमाडौं | २२ असार २०७९, बुधबार । तदनुसार जुलाई ६ । असारशुक्ल पक्ष सप्तमी, गर करण, उत्तरफाल्गुनी नक्षत्र, वरियान योग, चन्द्रमा कन्या राशिमा छ । बुधबार घरगृहस्थसम्बन्धी काम गर्दा राम्रो हुन्छ । आज बिहान सूर्योदय ५ः१४ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । मध्यान्ह १२ः०९ देखि १ः५३ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै शुभकार्यका लागि बर्जित छ ।

आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् । आर्थिक कारोबारका लागि बुधबार निकै फलदायी बार मानिन्छ । कुनै नयाँ व्यवसाय शुरुवात गर्न आजको दिन उत्तम मानिन्छ । आजको दिन छोटो दुरीको यात्राको लागि पनि शुभ दिन रहेको छ । सरकारी कामको लागि आजको दिन प्रयास गर्दा छिटो काम हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

 वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले नजिकै रहेको कुनै पनि देवी देवताको दर्शन गर्नुहोला । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

धन लाभको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नैं वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै वेश हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

ब्यापारबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापार ब्यबसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापारबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तहरुलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने