मीनलाई आज विशेष दिन, अन्य राशिको कस्तो छ आज ?

साझासवाल
5 Min Read

असार २३, काठमाडौं | २३ असार २०७९, विहीबार, तदनुसार जुलाई ७ ।  असारशुक्लपक्ष अष्टमी तिथि, विष्टि करण, हस्त नक्षत्र, परिध योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः १४ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ ।

आजका देवता विश्वकर्मा र ग्रहदेव शनि हुन् । विहीबार अध्ययन अध्यापनको काम, शैक्षिक संस्थामा भर्ना हुने काम गर्दा शुभ हुनेछ । आज बिहान ११ः४१ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ । दिउँसो १ः५३ देखि ३ः३६ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहोला ।  विहीबार बहुमुल्य धातुका सामान खरिद गर्न सकिने छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा उर्जा थपिने छ । आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । मनमा अनेक कुरा खेल्नेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन देवीको मन्दिर यात्रा गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर गरिएको हरेक काम सफलता मिल्नेछ । आज तपाईको मनमा खुसियाली छाउने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

व्यापारमा नयाँ लगानी गर्दा फाइदा हुन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाह अनुसारक काम गर्दा फाइदा हुनेछ । कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले हरेक बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम नगर्न होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन यात्राका लागि अवसर  र नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । कुमारी कन्यालाई खाना र बस्त्र दान दिनुभयो भने राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने फाइदा हुन्छ । बिहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गरेका अधुरा काम पुरा हुनेछन् । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिन सुुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । परिवारबाट असहयोग हुनसक्छ । देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ । अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ । नभए गुरुजनको आशीर्वाद सुन्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काम गर्न इच्छा जाग्नेछ । यात्राका लागि अवसर आउने छ । धार्मिक तीर्थस्थलीको यात्राले मनोइच्छा पूरा हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहीबार सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो । ध्यान, जप, साधनाले नै मनमा सकारात्मक उर्जा थपिने छ ।

Share This Article
Leave a Comment

Leave a Reply