2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाइँको आजको राशिफल, वृषको मनमा खुसीयाली

असार २४, काठमाडौं | २४ असार २०७९, शुक्रबार । तद्नुसार जुलाई ८ तारिक २०२२ । असार शुक्लपक्ष नवमी, बालब करण, चित्रा नक्षत्र, शिव योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः१५ भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । आज ११ः४२ देखि १२ः३७ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । आजका देवता मित्र र ग्रहदेव बुध हुन् । शुक्रबार विदेश यात्राका लागि शुभ दिन मानिन्छ । प्रेम, स्नेह तथा मनोरन्जनात्मक कार्यका शुक्रबार साताको अन्तिम दिन हो । आर्थिक लगानीका लागि शुक्रबार उपयुक्त दिन होइन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापारमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको दिनमा कष्ट आउनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । कन्या राशिका जातकले स्त्रीबाट सहयोग प्राप्त नहुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सुुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ग्रह बलियो भएको बेला कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन शिवालयमा गएर जल अर्पण गर्नु भयो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन सफलता मिल्नेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन देवालय यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन