2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस् तपाईंको राशिफल

असार २७, काठमाडौं | असार २७ गते सोमबार, २०७९ । तद्नुसार जुलाई ११ । असार शुक्ल द्वादशी तिथि, बालब करण, अनुराधा नक्षत्र, शुक्ल योग, चन्द्रमा वृश्चिक राशिमा छ । 

आज बिहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । बिहान ११ः४२ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुृनै पनि शुभ कार्य गर्दा फल मिल्नेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । सोमबार महादेवको शुभ बार हो । सोमबार शिवालयको यात्रा गर्नु निकै राम्रो हुनेछ । आज सरकारी कामकाजका लागि उययुक्त दिन हो । आज सोम प्रदोषव्रतको दिन पनि हो ।  

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अनुकुल छ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । तर, मनमा निरासा  छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दाब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आज शुभ दिन मानिन्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । नयाँ कामको लागि शुभ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका व्यक्तिले आजको दिन  कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । आज विहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्र र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । बालक र बृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आज शुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्म यात्राले मनमा उर्जा थप गर्नेछ । सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । पुरुष जातकका लागि स्त्री जातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

अनावश्यक यात्राको प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा भलो हुनेछ । आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्न सक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

कामबाट धनलाभ हुनेछ । तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा फलदायी हुनेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आर्थिक बृद्धि हुने संभावना  छ । मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ, होस गर्नुहोला । आजको दिन मित्र र आफन्तसँगको विवाद हानी हुनसक्छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ त्यसैले ख्याल राख्नु होला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आज निकै शुभ दिन रहेको छ । आज विहानको सूर्योदयको दर्शन गरेर कुनै पनि काम शुरुवात गर्नुभयो भने दिन र साता नै फलदायी हुनेछ । आजको दिन साँझसम्म शिवालयको यात्रा अवस्य गर्नुहोला । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत