Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थाहा पाउनुहोस् आजको राशिफल

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

असार २९, काठमाडौं | २९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । असारशुक्लपक्ष पूणिमा अर्थात् आज गुरु पूणिमा पनि हो ।

विष्टि करण, पूर्वाषाढा नक्षत्र इन्द्र योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः१६ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ हुन्छ । सोमबार खेती र बुधबार घर भन्ने त उखान नै रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकलाई आज आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । नयाँ कामको थालनी समेत हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक लाभ हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । आजको दिन चन्द्रमाको साथ छ । सूर्यनारायणको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज शुरुवात गरेको काम समयमा सकिनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययनअध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घर परिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु नै वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपार्इंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सुुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएमा उन्नति र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ ।  चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

सातामा आजको दिन कार्यसिद्धि हुनेछ । काममा सफलता प्राप्त हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा मठमन्दिर वा देवालयमा जानु उत्तम हुनेछ । अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्नसक्छन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनु पर्ने हुनसक्छ । यात्राका लागि अवसर आउनसक्छ । सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मानसम्मान मिल्नेछ ।