पढ्न करिब 4 मिनेट लाग्छ

साउन १२, काठमाडौं | १२ साउन २०७९, बिहीबार । २८ जुलाई २०२२ । श्रावणकृष्णपक्ष अमाबस्या अर्थात् औशी । पुनर्वसु नक्षत्र, चतुष्पद करण, वज्र योग, चन्द्रमा कर्कट राशिमा छ । आज बिहान सूर्योदय ५ः२५ मा भएको छ भने सूर्यास्त ६ः५६ मा हुनेछ ।

आज औंशी भएकाले मृतक पितृहरुको नाममा दान र जल अर्पण गर्न सकिन्छ । औशीको दिन नकारात्मक असर पर्ने भएकाले शुभकार्यका लागि त्यति राम्रो मानिदैन ।

बिहीबार अध्ययन अध्यापन, नयाँ शैक्षिक कार्यका लागि शुभ मानिन्छ । तर, औंशी परेकाले आजको दिन कुनै नुतत शुभकार्य नगर्दा राम्रो हुनेछ । आजको देवता वरुण र ग्रहदेव चन्द्र रहेको छ । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आज मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आज आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । देवालयको यात्राले मन हर्षित हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित कामबाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला । चन्द्रमाको साथ रहेको छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी गर्न शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्री जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आज फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काममा मन जानेछ । आजको दिन पितृदेवका सम्झनामा दान गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहीबारका दिन मीन राशिका जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्नेले नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी वर्गको लागि बिहीबार कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । नियमित काममा ध्यान दिनुहोला ।