Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थाहा पाउनुहोस आजको राशिफल

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

आजको पात्रो: आज २३ साउन २०७९, सोमबार । अगष्ट महिनाको ८ तारिक २०२२ । श्रावणशुक्लपक्ष एकादशी आजको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । सोमबार र एकादशी दुवै एकैदिन परेकाले आजको दिन विशेष हो । वणिज करण, ज्येष्ठा नक्षत्र, इन्द्र योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः३० मा हुनेछ भने सूर्यास्त ६ः४८ मा हुनेछ । विहान ७ः११ देखि ८ः५१ सम्मको समय राहुकाल रहेको छ भने बाँकी आजको दिन विशेष दिन हो ।

एकादशी र सोमबार रहेकोले आजको दिन व्रत बस्नेले दुवै व्रतको फल प्राप्त गर्न सक्दछन् । एकादशीको दिन अन्न ग्रहण गरिदैन । सन्ताको श्रीबृद्धिको लागि पुत्रदा एकादशीको व्रत बस्ने परम्परा रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा मात्र कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ । आज मौन रहनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निराशा  छाउनेछ ।  पारिवारिक सन्तोष, आम्दानी र नयाँ सोच आउने छ । चन्द्रमाको साथ रहेको छ । विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज शुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नैं आरोप लाग्न सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ ।  तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । बालक, बालिकालाई भोजन गराउनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन यात्रा अवरोध आउनसक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । चन्द्रमाको साथ रहेको छ । विहान सूयोदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईको लागि आज अर्थलाभ हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन तपाईले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ ।