Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थाहा पाउनुहोस् आजको राशिफल

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

असोज ४, काठमाडौं | आजको पात्रो : ४ असोज २०७९, मंगलबार । तद्नुसार २० सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष दशमी तिथि, बणिज करण, पुनर्वसु नक्षत्र, वरीयान योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ५ः५२ मा भएको छ भने सूर्यास्त ०६ः०४ हुनेछ । आज अभिजित मुहूर्त ११ः३४ र १२ः२२ रहेको छ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् । मंगलबार गणेश र हुनमानको आरधना र साधना गर्ने दिन हो । सनातन धर्ममा गणेशलाई प्रधानदेवता मानेर कुनै पनि कर्म गर्दा आरधना गर्ने गर्दछौं । मंगलबार अचल सम्पत्ति र जमिन खरिद विक्रीको लागि उपयुक्त दिन हो ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ ।  दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने सफलता मिल्नेछ । आज मिथुन राशिका जातकले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्र्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा हानी हुनेछ । आजको विवाद हुने काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार नयाँ काम शुरुवात गर्नुहोला । मानसम्मान मिल्न सक्छ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।  सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ ।आजको दिन सकारात्मक सोच राख्नुहोला ।  यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुने छैन ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ । त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईंलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा  आजको सफलता मिल्नेछ । अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले  ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

व्यापार व्यववसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएमा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातका लागि मंगलबार बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ ।