2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस् आजको राशिफल

असोज ६, काठमाडौं | आजको पात्रो : ६ असोज २०७९, बिहीबार तद्नुसार सेप्टेम्बर महिनाको २२ तारिक २०२२ । आश्विनकृष्णपक्ष द्धादशी तिथि, कौलव करण, अश्लेषा नक्षत्र, शिव योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।

आजका देवता मित्र, ग्रहदेव बुध हुन् । 

बिहीबार लेखपढ, अनुसन्धान र शैक्षिक गतिविधिको लागि शुभ दिन मानिन्छ । आज बिहान सूर्योदय ५ः५२ मा भएको छ भने सूर्यास्त ६ः०२ मा हुनेछ । विहान ११ः३३ देखि १२ः२१ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभ कार्यका शुभ समय हो । आजको दिन धातु र बहुमूल्य सामान खरिद गर्न सकिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका ब्यक्तिलाई मानसम्मान मिल्नेछ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा नयाँ काम गर्न मन लाग्नेछ । तपाईले आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । आजको दिन रचनात्मक कामको शुरुवात गर्न पनि सक्नुहुनेछ । 

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापार व्यवसायबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै अध्यात्मयात्राबाट फाइदा हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा शुभ हुनेछ । कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम  गर्नु पर्नेछ । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ। 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । चन्द्रमाको साथ रहेको हुनाले अध्ययन अध्यापनमा नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ । आजको दिन कुनै नयाँ पुस्तकको अध्ययन गर्दा रचनात्मक सोच बढ्नेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले हरेक बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । मनमा सन्तोष हुनेछ आज । पारिवारिक समस्या समाधान हुँदै जाने छ । आजका दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । यात्राको लागि शुभ हुनेछ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातकका लागि आजको दिन यात्राको लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । तपाईम धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । बृद्ध र बालकलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । बृद्धजनलाई भोजन गराउनु उत्तम हुनेछ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज सूर्योदयको दर्शन गरेर दिनको कार्य शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नैं वेश हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । नियमित काममा ध्यान दिनुहोला ।  साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

ब्यापार व्यबसायबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र  तपाईले गरेको कामबाट खुसीयाली छाउने छ । आजको दिन कुनै आश्रयस्थलमा पुगेर बृद्धहरुलाई खानेकुरा दिनुभयो भने तपाईको लागि निकै फाइदा हुनेछ । सत्कार्यले मन र वचन पवित्र हुनेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । सकारात्मक सोच, आफनो नियमित काम र अध्ययन अनुसन्धानको कामको शुरुवातको लागि मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन शिवालयको दर्शनमात्रले तपाईको मनमा हर्ष छाउनेछ । अध्ययन अध्यापनमा ध्यान दिनु उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई