Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२० कार्तिक २०८१, मंगलवार
अन्तर्वार्ता

कृषि पढेका दक्ष जनशक्तिलाई यही रोक्नु पर्छ

१३ बैशाख २०७४, बुधबार ०८:१५

basudev Regmi interview

वासुदेव रेग्मी
प्रमुख


जिल्ला कृषि विकास कार्यालय, पर्वत


० अहिले पर्वत जिल्लाको कृषि उत्पादनको अवस्था कस्तो छ ?

पर्वत जिल्लाको कृषि उत्पादन हेर्ने हो भने यो वर्ष खास गरी मुख्य
खाद्यान्न वालीको रुपमा  धान उत्पादन बृद्धि भएको छ । करिब १० प्रतिशत
हिसाबले  सुन्तलाको उत्पादन बढेको  छ भने अरु सामान्य वालीहरुको पनि वृद्धि
भएको अबस्था छ । पछिल्लो समयमा मौसम परिवर्तन भएको कारणले गर्दा समग्रमा
बालीनालीको अवस्था राम्रो भएको छ ।

० पर्वत जिल्लामा उत्पादन हुने मुख्य वालीहरु के के रहेका छन् ?

मुख्य रुपमा पर्वत जिल्लामा सुन्तला, तरकारी आलु, लप्सी, कफी लगायत
खाद्यान्न वालीहरु प्रायजसो भैरहन्छ । प्राथमिकतामा परेका यी ५ वटा वाली
मुख्य, पर्वत जिल्लाको निर्यात योग्य वालीहरु हुन् ।

०  अहिले यी बालीहरुको उत्पादनको अवस्था के छ ?

यो वर्षको तथ्यांक हेर्ने हो भने सुन्तला उत्पादन ३ हजार ४ सय ५६ मेट्रिक
टन छ । भने तरकारीमा ९ हजार मेट्रिक टन र २४ मेट्रिक टन कफिको चेरी उत्पादन
भएको छ । आलु चाहि २२ हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यस्तै लप्सी १
हजार ४ सय मेट्रिक टनको हारहारीमा यो बर्ष उत्पादन भएको छ ।

० पर्वत जिल्लामा सुन्तलाको पकेट क्षेत्रमा पनि होला नि त ?

खास गरी पर्वत जिल्लाको मोदी गाउँपालिका र महाशिला गाउँपालिका, पैयौ
गाउपालिका पकेट क्षेत्र नै हो । जिल्लाको साविक गा.वि.स पाचथर, माभफार,
देउपुर कुर्धा गा.वि.स चाहि सुन्तलाका लागि निकै प्रख्यात गा.वि.स हुन् ।

० यस जिल्लामा कृषिमा संलग्न किसानहरुको संख्या कस्तो छ ?

जिल्लाको कूल जनसंख्या मध्ये कृषिमा संलग्न जनसंख्या ५१ प्रतिशतको
हाराहारीमा नै छ । परम्परागत रुपमा लागेका र निर्वाहमुखी खेती गर्ने
किसानहरुको तथ्यांक हो यो । तर व्यवसायिक रुपमा कृषिमा लागेकाहरुको संख्या
जिल्ला भरीमा करीव ४ सयको हाराहारीमा मात्र छन् ।

० किसानहरुलाई प्रोत्साहन गर्न नयाँ कस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् त ?

जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि
चालु आर्थिक वर्षमा विभिन्न खाले कार्यक्रमहरु सञ्चालनमा ल्याएका छौं ।
जस्तै, सिचाई, प्लाष्टिक घरहरु,  र मौरी घारहरु अनुदानमा दिने कार्यक्रम
गरिरहेका छौं । किसानहरुले सामूहिक रुपमा उहाहरुलाई आवश्यक कार्यक्रमहरु
माग गरेको अवस्थामा त्यस्ता कृषि उत्पादकत्व बृद्धि गर्नका लागि विशेष
प्राथामिकतामा राखेर अनुदानमा कै बढि व्यवस्था गरेको छौ । त्यस्तै
किसानहरुलाई सुरक्षित गर्नका लागि बीमाको प्रचार गर्ने काम गपनि हामीले
गरिरहेका छौं । जुन सुकै किसिमको कृषि प्राविधिक सहयोग किसानहरुलाई उपलव्ध
गराएका छौ । जसले गर्दा किसानहरु पनि आकर्षित भईरहनु भएको छ । अलिकति
सम्भावना पनि भएको हुनाले कृषि पेशा पछिल्लो समयमा व्यवसायिक रुपमा कृषि
गर्नेहरुको लहर पनि बढदै गएको छ । व्यवसायिक रुपमा नै कृषि कर्म गरिरहेका
किसानहरुलाई कृषि यान्त्रिकीकरणमा जोड दिंदै पावर टिलरहरु पनि विक्री वितरण
गर्दै आईरहेको छौं ।

० कृषिमा यान्त्रीकरण चुनौतीको विषय रहेको छ भन्छन् नि त?

कृषिमा यान्त्रीकरण गर्ने कुरा पर्वतमा त्यस्तो चुनौती देखिएको छैन ।
पछिल्लो समयमा युवाहरु विदेश पलायन भएका कारणले पनि खेतबारी जोत्नका लागि
हलिहरु नपाईरहेको अवस्थाले गर्दा पनि पावर टिरको प्रयोग बढ्दै गईरहेको छ ।
किसानहरु पछिल्लो समयमा कृषि यन्त्रको प्रयोग बढाउन थालेका छन् ।
किसानहरुको कृषि यन्त्रको मागहरु हेर्ने हो भने पत्याउन नै गाह्रो देखिन्छ ।

० त्यसो भए कृषिमा यान्त्रिकरण बढाउनका लागि के योजना बनाउनु भएको छ त ?



अहिले हजारौं युवाहरु बिदेशिएको अवस्था छ ।
युवा अवस्था हुदा विदेशमा जाने र पछि काम गर्ने नसक्ने अवस्था भएपछि आखिर
बाकी जीवन विताउने नेपालमा नै हो । पछि पैसा भएर मात्र पुग्दैन होला । देश
विकास नभएको पनि यही भएकाले हो । विदेश गएर सिकेको सिप नेपालमा आएर
व्यबहारमा प्रयोग ग¥यो भने मात्र केहि होला खाली पैसाले मात्र काम गर्दैन ।
हामीले हाम्रो उत्पादन बढाउन सक्नु पर्छ । एउटैले सम्भव छैन भने सामुहिक
रुपमा पनि मिलेर काम गर्नु पर्दछ । त्यसका लागि हामीले कम जनशक्ति प्रयोग
हुने भएकाले  पनि यान्त्रिकरणमा  जोड दिएका छौं । त्यसलाई राज्यले पनि
ऋण्माा सहुलियत दिने र  वीमामा सहज गर्ने काम गरिरहेका छौं । त्यसले गर्दा
पनि युवा साथीहरु विस्तारै विस्तारै आकर्षित हुदै आउनु भएको छ । यहाँ
समस्या के भयो कृषि पढेको भन्दा नपढेको साथीहरु कृषिमा आकर्षित हुनुहुन्छ ।
कृषि पढेका साथीहरु चाही झन् पलायन  भइरहेको अवस्था छ । कृषि पढेका दक्ष
जनशक्तिलाई यही रोक्नु पर्छ । त्यसको लागि अव सरकारबाट बिशेष योग्यतालाई
ध्यान दिएर बिना धितो, परियोजना धितो राखेर पनि ऋण सहयोग गर्ने हो भने
आकर्षित हुन्छ । हैन भने विदेश जाने क्रम रोकिने वाला छैन ।

० तर तपाईले भने जस्तै योग्य जनशक्ति रोक्ने काम सरकारले गर्न चाहँदैन त ?

त्यो जसरी भएपनि रोक्नु पर्दछ । कृषि आत्मनिर्भर बन्ने भनेर सरकारले
भनिरहेको अवस्थामा कृषिका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने काम
राज्यको हो । यसको मतलव विदेश जान नै रोक्ने भन्ने कुरा होइन । मुलुकको
कृषि उत्पादकत्व बढाउनका लागि सवै युवा पुस्ता नेपालमा नै रहनु पर्दछ भन्ने
पनि होइन । अहिले ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्ने हो भने पनि धेरै नै
सहज हुन्छ । त्यसका लागि कृषि उत्पादकत्व बृद्धि गर्नका लागि आवश्यक
पूर्वाधारहरुको विकास गर्नु पर्दछ । सिंचाई सुविधा, सहज रुपमा ऋणको
व्यवस्था,बीमाको व्यवस्थामा, कृषि प्राविधिकहरुको प्रशिक्षण एवं व्यवसायिक
किसानहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्नु पर्दछ । त्यो सवै एकैचोटी
सम्भव पनि छैन विस्तारै गर्दै जाने कुरा हो राज्यले चाहने हो भने गर्न
सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह काभ्रेमा आफ्नै छोराद्वारा लोहोरो प्रहार गरी आमाको हत्या रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति प्रधानमन्त्री ओली अस्वस्थ रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग प्रचण्डद्वारा रवि लामिछानेको समर्थन, संसदीय समितिले सफाइ दिएको दाबी रवि लामिछानेको म्याद थपबारेको बहस सकियो रास्वपाको प्रदर्शनबाट ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने रविको हिरासत म्याद थप्न कास्की अदालतमा सुनुवाइ सुरु पोखरामा रवि समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल रद्द आज एकैदिन २ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलट र को-पाइलटले जोगाए ज्यान पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ: अर्थविद् डा. न्यौपाने इन्टरपोलको रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ?