जेठ १, काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १, काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय "/>
१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अन्तर्वार्ता

एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो – कांग्रेस प्रवक्ता महत

१ जेष्ठ २०७९, आईतवार ०७:५२

जेठ १, काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् । बाँकी ७३० स्थानीय तहको मतगणना भइरहँदा कांग्रेसले धेरै पालिकामा अग्रता बढाएको छ । चुनावको मतपरिणाम सार्वजनिक भइरहँदा न्युज कारखानाले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग चार प्रश्न सोधेको छ ।

स्थानीय तह निर्वाचनमा मतगणनाको प्रारम्भिक विवरणप्रति कांग्रेसको मूल्यांकन कस्तो छ ?

परिणाम नेपाली कांग्रेस र गठबन्धनको पक्षमा आइरहेको छ । प्रारम्भिक अग्रताको संख्या हेर्ने हो भने पनि कांग्रेस निकै माथि छ । गठबन्धन दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई जोड्ने हो भने गठबन्धनलाई राम्रो परिणाम प्राप्त हुने देखियो । प्रारम्भिक परिणामलाई आधार मान्दा कांग्रेसले धेरै स्थानीय तहमा जित्ने अनुमान गर्न सकिन्छ । समग्रमा गठबन्धन दलहरूलाई फाइदै भएको देखियो । 

गठबन्धनको सार्थकता पुष्टि भएको भन्न मिल्ला ?

हो । सबै ठाउँमा गठबन्धन त भएन । नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा छ । जे भए पनि समग्रमा कांग्रेस सबैभन्दा ठूलो दल हुने लक्षण देखियो । माओवादीले पनि राम्रै संख्यामा अग्रता लिइरहेको छ । गठबन्धनका अन्य दललाई पनि राम्रो हुने जसरी देखिएको छ, यसले एमालेले भन्दा गठबन्धन दलले दोब्बर बढी स्थानीय तह जित्ने देखिन्छ । 

कांग्रेस एक्लै पनि एमालेभन्दा धेरै माथि छ । यो खुसीको संकेत हो । जुन पृष्ठभूमिमा समझदारी भएर गठबन्धन बन्यो, त्यो सार्थकता पुष्टि हुने देखिन्छ । 

तालमेलको क्रममा कांग्रेसले जहाँ–जहाँ नेतृत्व पाएन, कांग्रेसबाटै बागी उठाउने र गठबन्धनकै अन्य दलका उम्मेदवारलाई धोका दिएको भन्ने आरोप सुनिन थालिएको छ नि ? 

एक/दुई ठाउँको उदाहरण दिएर हुँदैन । हो, केही ठाउँमा त्यस्तो आरोप लगाउन मिल्ने गरी स्थिति देखियो । तर, धोका होइन । जस्तै, भरतपुर महानगरपालिकामा गठबन्धन दल माओवादीकी प्रमुखले निरन्तर अग्रता लिएकै छिन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीकाका मेयरले लगातार अग्रता लिएको स्थिति छ । 

त्यहाँ त कांग्रेसको मत संख्या माधव नेपालजीको पार्टीभन्दा कता हो कता धेरै छ । हाम्रो पार्टीका नेताहरूको असन्तुष्टि पनि थियो । तैपनि पार्टीको आन्तरिक मतभेद टुंग्याउँदै कांग्रेसको पूरै सहयोग छ । उहाँ (धनराज आचार्य)ले जित्नु हुन्छ भन्ने लागेको छ । त्यही कारणले कांग्रेसले धोका दियो भन्नु गलत हो ।

ललितपुर महानगरपालिका, जनकपुर उपमहानगर, धुलिखेल नगरपालिकालगायत स्थानीय तहमा फरक फरक परिणाम देखिएको छ नि ?

तपाईंले भन्नुभएको स्थानीय तहमा कांग्रेस ठूलो पार्टी हो । हामी उदार भएर गठबन्धनका अन्य दलहरूलाई सँगै लगेका हौँ । तर, त्यहाँको वस्तुस्थिति गठबन्धनअनुसारको भएन । हाम्रै पार्टी त्यागेर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साहजी स्वतन्त्र हैसियतमा निर्वाचन लड्नुभयो । मनोजजी अगाडि आइरहनुभएको छ । धुलिखेलमा पनि विदुर बस्नेतजी अघि आउनुभएको छ । यसलाई ‘अपवाद’ मान्नुपर्छ । यति धेरै स्थानीय तहमा गठबन्धन सफल भइरहँदा अपवादलाई उचाल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चन्द्रागिरी–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताले यी १२ शर्त पूरा नगरे १ करोडसम्म जरिवाना क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती धरौटी बदर गर्न माग गर्दै रविले दिएको निवेदनमा कैफियत प्रतिवेदन माग्‍ने आदेश भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय आशिका तामाङमाथिको ज्यादती बन्द गर : सोविता गौतम मन्त्रिपरिषद् बैठक जारी काठमाडौंबाट धनुषा आइरहेको बसमा एक यात्रु मृत फेला अमेरिकामा सोमबार मात्रै १७ सय ४९ अवैध आप्रवासी पक्राउ हमासले रिहा गर्ने ३३ बन्दीमा ८ जना पहिल्यै मरिसकेको तथ्य सार्वजनिक कास्की उच्च अदालतमा रविले दिएको निवेदनमाथि सुनुवाइ हुँदै, न्यायाधीश राईको इजलासमा पेशी अल-हिलालसँग नेयमारको सम्झाैता रद्द