2026-09-21 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी

अछाम | अछामको ढकारी गाउँपालिका-८ पलसाटाका १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का विद्यालयदेखि मेलापातसम्म सँगसँगै हुन्थे। शुक्रबार (माघ ११ गते) दुवै जना विद्यालय गएनन्। विद्यालयमा खेलकुद चलिरहेकाले नियमित पठनपाठन थिएन। खेलकुदमा भाग नलिएका उनीहरू घरमै थिए। ईश्वरी र सरस्वती कमलबजार नगरपालिका-१० को विद्या प्रबोधनी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थे।

विद्यालय नगएका बेला उनीहरू घरका सदस्यलाई मेलापात, गोठालो गएर सघाउँथे। घरबाट केही तल रिमा भन्न ठाउँमा गोठ छ। ईश्वरी र सरस्वती खाना खाएर शुक्रबार बिहान त्यहीँबाट बाख्रा चराउन निस्किएका थिए। सोडसा सामुदायिक वनको छिन्ने भीरतिर चराउन लगिएका बाख्रा बेलुका आफैँ गोठमा फर्के। तर गोठाला गएका ईश्वरी र सरस्वती फर्केनन्।

‘गोठालाबिनै फर्केका बाख्राले छिमेकीको बालीनाली खाए। साथमा कोही नदेखेपछि छिमेकीले बाख्रालाई बाटोतिरै भगाए। मृतकका आफन्त देवेन्द्र बहादुर खड्का भन्छन्, ‘बेलुकासम्म पनि नातिनी (ईश्वरी) र भतिजी (सरस्वती) फर्केनन्।’

उनका अनुसार परिवारले उनीहरूले बोक्ने मोबाइलमा सम्पर्क गरे। एउटाको मोबाइलमा घण्टी लाग्यो। तर उठेन। अर्को मोबाइल भने स्विचअफ थियो। यसपछि गाउँमा दुवै बिहे गरेर भागेको हल्ला फैलियो। शनिबार परिवारका सदस्य उनीहरूको खोजीमा वरपरका गाउँ गए। कोही प्रहरीमा उजुरी दिने तयारीमा लागे।

यसैबीच शनिबार दिउँसो माछा मार्न गएका स्थानीयले ढकारी गाउँपालिका-१ छिन्ने भीरमा शव देखे। गाउँले पुगेर हेर्दा त्यो शव ईश्वरीको थियो। दाइ कृष्णले बहिनी ईश्वरीलाई चिने। अलि माथि सरस्वतीको पनि शव भेटियो। भीरको तल भेटिएका दुवैका अनुहार क्षतविक्षत थिए। शरीरमा निलडाम र घाउ। मृतकका आफन्त देवेन्द्र खड्काका अनुसार नजिकै ढुंगा पनि रगतले लतपतिएको थियो।

ईश्वरी र सरस्वती नातामा फुपू-भदैनी पर्छन्। ईश्वरीका बाजे अबी र सरस्वतीका बुवा उदय दाजुभाइ हुन्। ईश्वरीका बुवा कमल र सरस्वतीका बुवा उदय भारतमा काम गर्छन्। एकै परिवारका दुई किशोरीको रहस्यमय मृत्युले परिवार विक्षिप्त छ। पीडित परिवारले ढकारी गाउँपालिका १ र ३ का शंकास्पद ७ जनाको नाम उल्लेख गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ढकारीकै दुई किशोरलाई नियन्त्रणमा लिएको छ। ती किशोरीसँग उनीहरूले भेटघाट गर्ने गरेको पाइएको छ। घटनाका दिन स्थानीयले घटनास्थलभन्दा माथि केही किशोरलाई देखेका पनि थिए।

घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल पनि भेटिएका छन्।  किशोरीले प्रयोग गर्ने मोबाइल खोतल्दै प्राविधिक पाटोको पनि विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। दुवै किशोरीको शव भेरी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। तर रिपोर्ट आइनसकेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो