आज देशभरको मौसम यस्तो रहने छ !

साझासवाल
1 Min Read

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा छ । तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।

Share This Article