आजको मौसम: तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

साझासवाल
1 Min Read

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

उक्त प्रभावका कारण अहिले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।

हाल देशमा बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Share This Article