2026-09-21 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा कोठाभित्रै सरिताको हत्या: सरिताकै नाता पर्ने विश्वास पक्राउ, मोबाइलबाट खुल्यो पोल

काठमाडौँ | चन्द्रागिरि नगरपालिका–१० सतुंगल खरिबोट बस्ने धादिङको गजुरी गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरी सरिता तामाङको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

हत्या आरोपमा सरिताकै नाता पर्ने गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको हो ।

२९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाइ नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव उनकै कोठाभित्रै फेला पार्यो । सरिता सोही घरमा भाडामा बस्ने गरेकी थिइन् ।

शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढायो ।

मोबाइल पत्ता लगाएपछि अभियुक्तको पहिचान गर्न सफल भएको परिसरका एक अनुसन्धान अधिकृतले बताए । परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियो । त्यसपछि विश्वासले घटनाबारे स्वीकारेको एक अनुसन्धान अधिकृतले बताए ।

सरिता र विश्वास नाताभित्रकै व्यक्तिहरूसमेत हुन् । उनलाई कोठाबाटै बुधबार राति साढे ९ बजे पक्राउ गरिएको हो । उनले हत्या स्वीकार गर्दै सामान्य विवाद हुँदा भवितव्य परेर घटना भएको दाबी गरेका छन् । सरिताको मृत्यु भएपछि लो–बेड (सुत्ने खाट) भित्र शव लुकाइएको थियो ।

आज काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी