Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

काठमाडौँ | दाङको राप्तीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार साँझ गोरखा आइडीएलको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङकै राप्ती गाउँपालिका-८ बिजौरीका ३१ वर्षीय कृष्णबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्गको बिजौरी खण्डमा सडक अवरुद्ध गरेका थिए।

पछि मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति दिने, मृतककी श्रीमतीलाई गोरखा आइडीएल स्कुलमै रोजगारी उपलब्ध गराउने र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमति भएपछि स्थानीयले सडकको अवरोध हटाएका थिए।