कात्तिक ३०, काठमाडौँ । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक कर्म: सिकाइमा गहिरएको खाडल अहिले चर्चामा छ । पुस्तकको चर्चासंग लेखक न्यौपाने पनि प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, काठमाडौँ । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक कर्म: सिकाइमा गहिरएको खाडल अहिले चर्चामा छ । पुस्तकको चर्चासंग लेखक न्यौपाने पनि प"/>

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मका लेखक न्यौपानेलाई पाठक भेट्न भ्याइनभ्याइ


कात्तिक ३०, काठमाडौँ । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक कर्म: सिकाइमा गहिरएको खाडल अहिले चर्चामा छ । पुस्तकको चर्चासंग लेखक न्यौपाने पनि पाठकलाई भेट्ने, अन्तरक्रिया गर्ने जस्ता काममा व्यवस्त छन् ।

बालबालिकालिका आवाज बनेर आएको यो पुस्तकले साच्चिकै बालबालिकाला क्ष्ँेत्रमा काम गर्नेको लागि उपयोगी पुस्तक सावित भएको छ । यसको विभिन्न ठाउमा चर्चा परिचर्चा हुने क्रममा केही दिन पहिला पोखराको स्टडी सर्कलमा पनि पाठकसंग छलफल भयो । चेतनामुलक समाज निर्माणका लागि पठन संस्कृति विकास गरौं भन्ने नाराका साथ क्रियाशिल महिलाहरुको संस्था स्टडि सर्कल सोसाइटीले गरेको परिचर्चा कार्यक्रमका सहभागीहरुले पुस्तक पढेपछि आफ्नो सोचाइमा परिवर्तन आएको प्रतिक्रिया दिए । पुस्तकमा भएका अनेक कर्मशील पात्रले गरेका काम प्ररणादायी रहेको बताए ।

‘गर्ने चाहना राखे असंभव केही रहेनछ भन्ने शिक्षा पुस्तकका पात्रले दिन्छन्, सहारा आधारभुत स्कुलकी प्रधानाध्यापक लोचना अधिकारीले भनिन्, ‘मेरो स्कुलमा अधिकांश श्रमिक बालबालिका छन्, उनले भनिन्, ‘तीन दिन पढ्न आउने, तीन दिन श्रम गर्ने विद्यार्थी छन् । यस्तो अवस्थाका बालबालिका पढ्ने मेरो स्कुलका विद्यार्थीले विज्ञान सामग्री प्रयोग गर्न सकेका छैनन् । स्कुल मागेरै चलेको हो, अब विज्ञान लगायतका समाग्रीको पनि मागेरै भए पनि व्यवस्था गर्ने प्रकृया शुरु गरेको छु ।’ 

यो किताबले वरिपरि भएका स्रोत परिचालन गरेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको उनले उनले बताइन् ।

परिचर्चामा सहभागी शर्मिला न्यौपाने दाहालले महिला र बालबालिकाकोे क्ष्ँेत्रमा काम गर्नेको लागि यो कर्मले प्रेरणा दिने बताइन् । ‘पुस्तकमा पीडाको सिरानी छ, उनले भनिन्, ‘स्कुल नभए एउटै बालिका तीन पटक सम्म एउटै कक्षामा पढ्नु पर्ने कस्तो बाध्यता ? यसले हाम्रो शिक्षा नीतीमै गम्भीर प्रश्न उठाइदिएको छ ।’

बालबालिकाको क्ष्ँेत्रमा क्रियाशिल अधिकारकर्मीले बालबालिबकाको क्ष्ँेत्रमा गहन अध्ययन गरेर लेखिएको पहिलो नेपाली किताबको संज्ञा दिए । ‘बालसंवेदनशीलालाई ध्यान दिएर लेखिएको यो नेपाली भाषाको पहिलो किताब हो,’ केन्द्रिय बालकल्याण समितीका बालअधिकार स्रोत व्यक्ति बद्रि प्रसाद वाग्लेले भने, ‘अपांगता भएका बालबालबालिकको कसैले पनि अध्ययन गरेर लेखेका छैनन । अबसर पाए अपांगता पनि परिवर्तन हुन सक्छन्, अटिजम पनि परिवर्तन हुन सक्छन भन्ने यो पुस्तकले देखाएको छ । सरकारमा देखिएका कतिपय नीतीलाई यो खोजपूर्ण पुस्तकले भंग गरिदिएको छ । अपांगता भएका व्यक्तिको परिवारलाई पनि यसले पाठ सिकाइदिएको छ । यो लेखकको सफलता हो ।’

आदर्शसमाज दैनिककी व्यवस्थापक दुर्र्गादेवि वास्तोलाले पुस्तकले मागेर खानेलाई पनि केही गर्न पर्ने रहेछ र केही गर्न सकिन्छ भनेर आशा जगाइदिएको प्रतिक्रिया दिइन् । पुस्तकमा समेटिएको अटिजम विषयले आफ्नो आखा खोलिदिएको प्रतिक्रिया दिंदै उनले भनिन्, ‘अटिजम भएका त हामी रहेछौं । बच्चा जन्माउन चाहने बहिनीहरुले जस्तो बच्चा जन्मिए पनि त्यसलाई राम्रो गरी हुर्काउन यो पुस्तकले प्रेरणा दिन्छ । अभ्यास गरायो भने अटिजम भएको बालबालिकाले पनि सिक्दो रहेछ भनेर प्रशस्त उदाहरण यो पुस्तकले दिएको छ ।’

अधिवक्ता तथा पूर्व अञ्चलाधिश महेन्द्रमान व्यथितले किताब पढेर धेरै कुरा सिकेको प्रतिक्रिया दिए । ‘शब्दको डंगुर लगाउदैमा पुस्तक हुदैन । पुस्तक हुन त्यसले केही सिकाउनै पर्छ । केही महशुश गराउनै पर्छ । मान्छेलाई परिवर्तन गर्नु पर्छ । दिमागलाई खुराक दिनु पर्छ,’ उनले भने, ‘मोटिभेसन गर्न चाहिने सबै खुराक यो पुस्तकले दिएको छ । त्यही भएर यो पुस्तक कालजायी छ ।’ किताबका पात्रहरुबाट आफू प्रभावित भएको बताउदै उनले पुस्तककी एकजना पात्र सिता दाहाललाई आफ्नो एकदिनको कमाइ पनि परिचर्चा कार्यक्रममा लेखक न्यौपानेलाई हस्तान्तरण गरे । पुस्तककी पात्र सिता अटिजम भएकी किशोरी हुन् । उनी विशेष स्कुल तथा अपांग पुनस्थापन केन्द्रमा आउनु अघि टोलमा सबैलाई टोक्ने बालिका भनेर चिनिएकी थिइन् । केन्द्रमा आएपछि उनमा कसरी परिवर्तन आयो र अहिले कसरी आयमुलक काममा लागिन् भनेर उनका कथा पनि यो पुस्तकमा समेटिएको छ ।

सोइटीकी अध्यक्ष सावित्री शर्माले यस्ता कार्यक्रमले महिलाको चेतना स्तर बढाउदै लगेको बताइन् । ‘महिलाहरु पुस्तक  पढेर विष्लेषण गर्ने समेत भइसकेका छन्, उनले भनिन्, ‘चेतनामुलक समाज निर्माण गर्न पठन संस्कृति बढाउनु पर्छ । गौरी तमुले अवधारणा पत्र प्रस्तुत गर्दै बजारमा आएका पुस्तकहरुको भीडमा कर्म नया स्वाद बोकेर आएको बताइन् । ‘यसमा भावना र कल्पनाका चिल्ला कुरा छैनन्, उनले भनिन्, ‘समाजमा छ त्यही देखाइएको छ । पुस्तक पढ्दै जादा आफू पनि त्यही पुगेको अनुभुती हुन्छ । 

आफ्नै गाउ, समाज अनि देशको समस्या र विशेष गरी बालबालिका र महिलाका समस्या नजिकबाट नियाल्ने अवसर पाइन्छ । ‘यो किताब पाठकलाई रुवाउछु वा हसाउछु भनेर कल्पना गरेर लेखिएको होइन,’ तमुले भनिन्, ‘जे छ त्यही लेखिएको हो । जे देखियो त्यही लेखिएको हो । यस्ता पुस्तकले समाज परिवर्तन गर्न ठूलो मद्धत गर्छ ।’

विद्या रेग्मीले पुस्तक पढिरह“दा आफ्नै समस्या पढिरहेजस्तो अनुभूति भएको सुनाइन् । ‘भुइचालो जादा म पनि सुत्केरी थिए“, उनले भनिन्, ‘अप्रेशन गरिएको थियो । भुइचालोले गएको बेला भागदौड गर्दा टाका खुस्कियो । कसैलाई भन्न पनि अफ्ठेरो भयो । सुत्केरीलाई कस्तो समस्या हुन्छ भनेर धेरैले महशुश गर्दैनन् । यो पुस्तकमा सुत्केरी र नवजात शिशुका समस्या समेत जोडिएकाले यो पुस्तकको पात्र मैं हु जस्तो अनुभूति भएको छ । यो पुस्तक मेरै हो भन्ने अनुभूति भएको छ ।’ शान्तापुरीले जताबाट पढे पनि पुस्तक तृप्त हुने खालको रहेको प्रतिक्रिया दिइन् । ‘यो पुस्तकको कुनै पाठले कसैलाई छुन्छ, कुनै पाठले कसैलाई छुन्छ,’ त्यही भएर यो सबैको पुस्तक हो,’ उनले भनिन् ।

सरला कुमारी पाण्डे, सावित्री गौतम, सरिता तिमल्सिना पगेनी, रमा शर्मा ढकाल, हसिना बस्नेत, गीता तिवारी गौतम लगायतले अपांगता हुनेले पनि केही गर्न सकेका छन् भन्ने उदाहरण पुस्तकमा दिएर सकारात्मक समाज निर्माणको लागि बल दिएको भनाइ राखे । 

लेखक न्यौपाने पुस्तक बालबालिकालाई केन्द्रमा राखेर लेखिएको बताए । ‘बालबालिका केन्द्रित भएपनि बालबालिकासंग परिवार जोडिन्छ, परिवारसंग समाज जोडिन्छ, समाजसंग देश जोडिन्छ, न्यौपानेले भने, ‘यि सबै पक्ष पुस्तकमा समेटिएको छ । त्यही भएर यो सबै वर्गलाई काम लाग्ने पुस्तक हो । देश संवृद्ध बनाउन चेतनशिल र स्मार्ट जनशक्ति चाहिन्छ । स्मार्ट जनशक्ति निर्माण गर्न बालबालिकामा नै लगानी गुर्न पर्छ ।’ लेखक न्यौपानेको दोस्रो कृति कर्म एक महिना पहिला बजारमा आएको हो । उनको पहिलो कृति एम्बुसमा ६ वर्ष पनि चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई