पर्वत ।  जिल्लामा     रहेको पर्वत साहित्य संगमले पाँच जना स्रष्टालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संङ्गमले पूर्व घोषणा गरेको पुरस्कार र सम्मानीत हुने स्रष्टाहरुलाई शनिबार एक कार्यक्रमको आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  जिल्लामा     रहेको पर्वत साहित्य संगमले पाँच जना स्रष्टालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संङ्गमले पूर्व घोषणा गरेको पुरस्कार र सम्मानीत हुने स्रष्टाहरुलाई शनिबार एक कार्यक्रमको आयोजना"/>
2026-09-18 10:05 PM
पर्बत - PBT

संङ्गमद्धारा ५ स्रष्टा सम्मानीत

पर्वत ।  जिल्लामा     रहेको पर्वत साहित्य संगमले पाँच जना स्रष्टालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संङ्गमले पूर्व घोषणा गरेको पुरस्कार र सम्मानीत हुने स्रष्टाहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गर्ने  उदेश्यका साथ संस्थाले घोषणा अनुसारनै शनिवार पुरस्कार हस्तान्तर तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले बागलुङ जिल्ला नारायणस्थान गाविसका कवि तथा निबन्धकार भुपिन खड्कालाई ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’ प्रदान गरेको छ ।  त्यस्तै  म्याग्दी जिल्ला बेनी नगरपालिकाका कवि एवम् साहित्यकार भक्त कार्कीलाई ‘मान–पदम साहित्यिक पुरस्कार’, पर्वत जिल्ला लिमिठानाका कवयित्री एवम् साहित्यकार साधना प्रतिक्षालाई ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ प्रदान गरेको हो ।  तीनै जनालाईपुरजनही १०÷१० हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको पर्वत साहित्य सङ्गमले सम्मान तथा पुरुस्कृत गरेको हो ।

त्यस्तै ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ पर्वत जिल्ला शंकरपोखरी गाविसका कृषिविज्ञ तथा साहित्यकार सदानन्द जैशी अभागीलाई र ‘संस्कृति बालप्रतिभा पुरस्कार’ पर्वत जिल्ला कुश्मा नगरपालिका, पाङका बाल–प्रतिभा अमन पौडेललाई प्रदान गरेको छ ।  जसको पुरस्कारको राशी जनही ५÷५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको छ ।

पर्वत साहित्य सङ्गमको आन्तरिक श्रोतबाट रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, संस्थाका निर्वतमान अध्यक्ष इन्द्रमान खत्रीले रु ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘मान–पदम साहित्यिक पुरस्कार’ र वर्तमान सचिव डीआर शर्माले रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ स्थापना गरेका हुन् त्यस्तै नमूना आवासीय माध्यमिक विद्यालयले रु. २५ हजार राशीको अक्षयकोष स्थापना गरी ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ र सङ्गमका सदस्य सुशिल थकाली ‘अनुरागी’ले रु. १० हजार राशीको अक्षयकोष    राखी ‘संस्कृति बालप्रतिभा पुरस्कार’ स्थापना गरेको संस्थाले जनाएको । पाँचवटै पुरस्कारहरु २÷२ वर्षमा प्रदान गरिने गरी व्यवस्थापन       गरिएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।

बरिष्ठ साहित्यकार  तीर्थ श्रेष्ठको आथित्यतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले साहित्यकारहरु राष्ट्रका लागि बफदार हुनुपर्नेमा जोड दिएका थिए । उनले जनआवाज र देशको अबस्था बोल्न सक्नुपर्ने भन्दै आफ्नो देशका प्रति मायामोह प्रतिको अहिलेको आवश्यकता रहेको औलाए ।  उनले पछिल्लो समयमा नपुंशक विद्धानहरुले देश विगारेको भन्दै सवै साहित्यकार देशका लागि बफदार हुनुपर्नेमा जोड थिए । साहित्य तथा बुद्धिजिवीहरु देशका लागि नभइ पार्टीका गोटी भएको भन्दै सवै एक हुनुपर्नेमा जोड  दिए । 

रिष्ठ गितकार  रत्नसम्शेर थापा, प्रेम छोटा, संस्ंथाका निर्वतमान अध्यक्ष इन्द्रमान खत्री, शान्तिनारायण श्रेष्ठ, सुशिल थकाली लगाएतले बोलको थिए । सो कार्यक्रमा स्वागत संस्थापक अध्यक्ष इन्द्र कुमार विकल्पले राखेका थिए । संस्थाका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सविच डि.आर शर्माले गरेका थिए । कार्यक्रममा शिक्षक पृथ्वीनारायण शर्माले लगायतले आआफ्नो रचाना बाचन गरेका थिए भने अतिथिलाई मायाको चिनो समेत विचतरण गरिएको थयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई