एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना र"/>
2026-07-10 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘किसानको घडी’

एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना राख्थ्यो । उसले आफै त्यो घडी खोज्ने निकै प्रयास गर्यो, उसले आफ्नो हराएको घडी आफ्नो कोठा-घर-बाटो मात्र नभई अन्नको भकारी तथा खेत-बारीमा समेत खोज्यो तर घडी कतै भेटिएन ।  उसले कतैपनि घडी पाउन नसकेपछी घडी खोज्ने जिम्मा बच्चाहरुलाई दिने नयाँ जुक्ति लगायो । तब उसले गाउँका बच्चाहरुलाई बोलाएर भन्यो – 'सुन बच्चाहरु ! तिमीहरु मध्ये मेरो हराएको घडी जसले भेटेर ल्याउँछ उसलाई म २०० रुपयाँ पुरस्कार दिन्छु । 

पैसाको आशामा बच्चाहरु अब त्यो हराएको घडी खोज्न थाले । बच्चाहरुले उसको घडी हरेक कुना-कुनामा खोज्न थाले, तर घडी कतै पाउन सकेनन् । घडी खोज्दा-खोज्दा बच्चाहरुले समेत हरेस खाईसकेका थिए र किसानलाई पनि लग्यो कि अब घडी पाईन्न । तब एक बच्चा आएर किसानसामु बोल्यो 'अंकल, मलाई एक मौका दिनुस, तर यो पटक म एक्लैले यो काम गर्न चाहन्छु । किसानले उसको प्रस्ताव स्वीकार गर्यो ।  

अब त्यो बच्चा एक्लै एक-एक गरेर किसानको घरको कोठाभित्र उसको हराएको घडी खोज्न थाल्यो । जब केहि समयपछी उक्त बच्चा किसानको सुत्ने कोठाबाट निस्क्यो तब किसानले उक्त बच्चाको हातमा घडी देख्यो । किसानले आफ्नो घडी भेटिएकोमा प्रसन्न भएर बच्चालाई सोध्यो – 'बाबु, कहाँ थियो यो घडी ? अनि हामी सबैले नभेटेको घडी तिमीले कहाँबाट भेट्यौ ?'  तब उक्ब बच्चाले भन्यो- 'काका मैले केहि गरिन, म सिधै तपाइको कोठामा गएँ अनि चुप-चाप बसें, र घडीको आवाजलाई केहिबेर ध्यान दिएँ । कोठा सबैतिरबाट बन्द गरेरको कारण मैले केहीबेरमा घडीको टिक-टिक आवाज सुनें, आवाजकै भरमा मैले घडीको दिशा पत्ता लगाएँ र थाहा भयो घडी दराज पछाडी रहेछ त्यहिबाट खोजेर निकालें । 

जसरी कोठाको शान्तिका कारण हराएको घडी भेटियो त्यसैप्रकारले मनको शान्तिले हामीलाई जिन्दगिको जरुरी चिज खोज्न तथा सम्झनमा मद्धत मिल्छ । अशान्तिका बीच जे कुरा खोज्दा पनि असफलता मात्रै हुन्छ । त्यसैले शान्ति वा एकाग्रतामा जिउने मान्छे संधै सफल बन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो