-महेन्द्र केसी

जब म अगाडि बढ्न खोज्छु

हरेक पल बाधा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

-महेन्द्र केसी

जब म अगाडि बढ्न खोज्छु

हरेक पल बाधा "/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता – नियति कि नियत ?

२०७३, ७ फाल्गुन शनिबार ०५:३४


-महेन्द्र केसी

जब म अगाडि बढ्न खोज्छु

हरेक पल बाधा अबरोधहरु खडा भैदिन्छ

आफ्न्त भन्नेहरुनै तगारो बनिदिन्छ ।

हिजो उनकै कारण मेरो यात्रा रोकियो

आज फेरि यात्रामा अबरोध गरियो ।

आखिर मेरै जिवनमा यहि चलिरहेछ 

आखिर मलाई नियतीले हो कि 

उनीहरुको नियतले किन यसरी पछ्याइरहेछ ।

सोच्छु अब त फुल्छु

निमोठिन्छ हाँगाहरु मेरा

चुडाइन्छ कोपिला

फालिन्छ भुइमा

संघर्ष गर्दै फेरि फुल्न खोज्छु

उही काहनी दोहोरिन्छ म माथि 

आखिर यो नियति कि 

उनको नियत मैले बुझ्न सकेको छैन ।

बारम्बार  मेरै यात्रामा बज्रपात हुन्छ 

अगाडि बढेका पाइलाहरुमा काँडाहरु

विच्छाइन्छ

यात्राका लागि तयारी गरिरहेका मेरा खुट्टाहरु

समाइन्छ ।

यो सब ममाथि भैराखेको छ ।

आखिर नियती कि नियत ? 

मलाई सोच्न बाध्य पारेको छ ।

घरभित्रै म असुरक्षित बनिरहेको छु ।

मेरो सपनाहरुलाई खरानी बनाउनको लागि 

घरभित्रै योजना बनाइदै छ ।

चक्रव्यूमा पारि मेरा सपनाहरुलाई बलिको बोका बनाइरहेका छन्

आखिर ममाथि यो सव चलिरहेछ ।

नियतीनै यस्तै हो कि ?

उनको नियतले यस्तो भैराखेको छ । 

बारम्बार ममाथि यस्तै चलिरहेछ ।

चलिरहेको छ ।।

किन ?

म माथिनै यी सब भैराखेका छन्

मैले बुझ्न नसकेको हो कि नबुझेको हो 

सहयात्रामा हिड्नेहरुनै मेरो यात्रा अबरोध गर्नको लागि

तल्लीन देखिन्छन् ।

हरेक पल मलाई अगाडि बढ भनि सिकाइन्छ 

तर अपसोच 

पछाडिबाट छुरा धसिन्छ 

म माथि हिजोदेखि यस्तै चलिरहेको छ ।

आखिर 

नियति कि नियत ? 

ममाथि ममाथि हैकम चलाइरहेको छ । 

चलाइरहेको छ ।

–पर्वत ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने