पढ्न करिब 1 मिनेट लाग्छ

रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ ।

०४५ सालको झापाको सेरोफेरोमा लेखिएको यस उपन्यासमा छोराछोरीको विपरित लिंगी प्रतिको सामान्य आकर्षणलाई नि असामान्य ठानेर गालीगौलज गर्दा घटनाले कुन रुप लिन्छ भन्ने कुरा देखाइएको छ ।

खराव साथी र सस्कारको शिक्षाबाट कसरी किशोर किशोरी नराम्रो संस्कारमा पुग्दछन भन्ने बारेमा पुस्तकमा ज्यादै राम्रो रुपमा पात्रहरुलाई उपन्यासकार अविरलले समेटेका छन ।

नम्रता उपन्यास पढेपछि हरेक अभिभावकले आफ्ना छोराछोरी प्रति गर्दै आएको व्यवहारका बारे आत्मसमीक्षा गर्न बाध्य हुने छन् । किशोर किशोरीले चाहिँ हतारमा, उमेर नपुगी प्रेम गर्दा त्यसले जीवन बर्बाद पनि पार्न सक्ने रहेछ भन्ने कुरा थाहा पाउने छन ।

युवाहरु माझँमा दिन प्रति दिन पुस्तकको माग बढेको उपन्यासका लेखक कृष्ण अविरलले हामीलाई जानकारी दिनुभयो ।

असल रुपमा कसरी युवा पुस्ताका मनोवैज्ञानिक रुपमा सिर्जनाहुने आवेग र प्रश्नलाई कसरी अभिभावकले बुझनुपर्छ भन्ने विषयमा केन्द्रित रहेको छ । अन्त्यमा नम्रता उपन्यासको सफलता व्यक्क्त गर्दछौ ।