Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालीले अमेरीका बस्नु बेकार छ – (गजल)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नेपालीले अमेरीका बस्नु बेकार छ

डलरको लोभ भित्र फस्नु बेकार छ

जन्म दिने बा आमाको हाल विर्सिएर

पराईलाई अङ्गालोमा कस्नु बेकार छ

आफ्नै देश फर्क भनि उर्दि जारी गर्दा

लाचार भइ त्यहि देशमा पस्नु बेकार छ

जुन देशले हाम्रो श्रमको अपमान गर्छ

त्यहि देशमा श्रम पसिन खस्नु बेकार छ

पर्देशीको गुलाम अनि दासी बनिएर

स्वाभिमानको चिल्लो गफ घस्नु बेकार छ

आफ्नै देश बनाउन जाउ भन्छ सधै

तर पनि त्यतै नजर धस्नु बेकार छ

- खडानन्द तिमल्सिना