तिवारी पुरस्कार डा शर्मा र पाण्डेलाई

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

फागुन ३०, काठमाडौँ । वरिष्ठ साहित्यकार भीमनिधि तिवारीको १०६ औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई ‘भीमनिधि तिवारी साहित्य पुरस्कार’ तथा रुद्रराज पाण्डेलाई ‘भीमनिधि तिवारी नाट्य पुरस्कार’ प्रदान गरिएको छ ।

पुरस्कारको राशि रु २५–२५ हजार छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा समालोचक नेत्र एटम, साहित्यकार काजी रोशन र स्याङ्जा साहित्य प्रतिष्ठानलाई पनि सम्मान गरिएको छ ।

सो अवसरमा वरिष्ठ आख्यानकार मदनमणि दीक्षितले नेपाली साहित्यका सबै विधामा तिवारीको महत्वपूर्ण योगदान रहेकोे बताउनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले दिवङ्गत वरिष्ठ साहित्यकारको जन्मजयन्तीलाई विशेष महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउँदै आएको जानकारी दिनुभयो ।

तिवारीकी सुपुत्री साहित्यकार बेञ्जु शर्माले तिवारीका ५० कृति प्रकाशन भइसकेको जानकारी दिँदै केही पाण्डुलिपिलाई आगामी दिनमा प्रकाशन गरिने जानकारी दिनुभयो । भीमनिधि तिवारी साहित्य समितिका अध्यक्ष डा गोविन्द भट्टराईले सामाजिक यथार्थवादी लेखक तिवारीका बारेमा थप खोज अनुसन्धानको खाँचो औँल्याउनुभयो । प्राज्ञ तुलसी भट्टराई र साहित्यकार दुर्गाप्रसाद अर्यालले पुरस्कृतका बारेमा जानकारी गराउनुभएको थियो । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply