–तारादेवी सुनुवार

लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा

एघार जिल्लाको भागै परेछ रोज्दा

सार्वभौम सहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  –तारादेवी सुनुवार

लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा

एघार जिल्लाको भागै परेछ रोज्दा

सार्वभौम सहि"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता -प्रदेश नं ४

२०७३, २४ चैत्र बिहीबार ०५:००

 –तारादेवी सुनुवार

लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा

एघार जिल्लाको भागै परेछ रोज्दा

सार्वभौम सहितको  स्वतन्त्रता खोज्दा

गोरखा, नवलपरासी आधा अरुलाई छोड्दा ।।


प्रदेश नं चारमा पूरानो गोर्खा दरबार राम्रो

मनोकामना पुरा गर्ने मनकामना माई हाम्रो 

दुर्लुङकोट दुराडाडा चल्छ हावा सरर

सुन्दर शान्त हाम्रो लम्जुङ बेशी शहर ‘


जन्मे यहि माटोमा भनुभक्त रमाए

खनेर कुवा घासीले नामै चलाए 

पश्चिम छिर्ने बाटो खैरेनीमा गेट

बन्दीपुर आउँदा जादा तनहुमा भेट ।।


ताल तलैया नदीसंगै  बगर कुलो

मनको बह बिसाउने सबको कास्की थलो 

हिमालपारी मनाङ मुस्ताङ भन्ने पनि यतै

स्वर्ग जाने बाटो खोल्ने मूक्तिनाथ त्यस्तै ।।


चिटिक्क स्याङजा छेउ, सिमाना बनी

आफ्नै सान बोकी मख्ख पर्वत पनि 

कालीगण्डकी छेउछाउ तिर्थस्थल साथै 

प्रख्यात शालीग्राम पाइने जता ततै ।।


गोलेश्वर माहादेव म्याग्दी बेनी बजार

बाग्लुङ्ग कालिका ,भक्तालु आउने हजार 

झोलुंङ्गे पुलहरुको जिल्ला भनेर चिनिने 

छन है पुलहरु यतै अग्लो ,लामो भनिने ।।

 

स्वार्गान्नद दिने हिमशिंख्रला छन हाँसी 

मनको कुना कन्दारा  हेर्ने  ठाउँछ बसी 

अन्नपूर्ण माच्छापुच्छ्रे  दुवै कम्मर कसी

बराबरैमै उभिएकी  हाँसेर धौलागिरी ।।


मोदी ,सेती बगर बेगनास फेवाताल

काली मातिएर हान्दै हिड्छ छाल 

घान्द्रुक,लुम्ले त्यस्तै छ सम्पन्न मन

छोड्नै नमिल्ने हेर्न पर्वत पंचासे झन् ।


भक्तपुर नेपाल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ