-महेन्द्र केसी

खुला आकाशमा 

चम्किरहेकाे त्याे तारा

निहाल्थे म नजिकबाट 

हरपल

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -महेन्द्र केसी

खुला आकाशमा 

चम्किरहेकाे त्याे तारा

निहाल्थे म नजिकबाट 

हरपल

2026-09-19 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता- आखिर उहीँ साथीभाइको…!

-महेन्द्र केसी

खुला आकाशमा 

चम्किरहेकाे त्याे तारा

निहाल्थे म नजिकबाट 

हरपल

हरक्षण

हर घडि

सुनाैलाे माेतिझै टल्किरहने

त्याे तारा देखि

म 

आफ्ना पिरव्यथाहरू 

उसैमाथि थमाईदिन्थे

बाेलाउथ्याे माइला, माइला !

भनी 

गुन्जिन्थ्याे आवाज मेरा कानहरूमा

त्यसैले पनि

त्याे तारा मेराे लागि खास थियाे

विश्वास थियाे

साहस थियाे

त्यसैले माईल दुर भएपनि

मेरै आसपास थियाे ।

तर

आज एकाएक 

त्याे तारा हराएकाे छ ।

ग्रहणले पाे डस्याे कि !?

जाँदाजाँदै मेराे लागि

एक चिट्ठी छाेडेछ

लेखिएको थियाे चिट्ठीमा

तिम्रो साथमा बस्ने रहर थियाे तर

यहाँ

अन्धकारमा बस्न सिकेका आँखाहरूलाई

उज्यालो प्रकाशले डसेछ

त्यसैले ग्रहण बनी पटकपटक राेक्न

खाेजिरहे

अनेक याेजनाहरू बनाई रहे

धमिलाे खाेलामा माछा समात्नेहरू

संग्लाे खाेलालाई धमिलाउन प्रयत्न गरिरहे

माइला !

आखिर कलियुगन हाे

पाप गरे पुण्य मिल्छ

पुण्य गरे पाप हुन्छ

तिम्रो समाज..!

तिम्रा साथीभाइ..!

अन्धकार खाेजिरहेका छन्

जहाँ

आफ्नाे स्वार्थ पूरा हाेस्

याेजना सफल हाेस्

तर 

याे सम्भव छैन

जबसम्म मेराे दिव्य प्रकाशकाे तेज

निरन्तर परिरहन्छ

त्यसैले

कालाे कपडा ढाेकेर

कालाे छाँयाले तर्साउन खाेजिकाे छ

आखिर

शताब्दी देखि चलिरहेकाे 

स्वार्थकाे…

बइमानीकाे…

ठगिकाे…

शाेषणकाे…

नियाे गाडिराख्नुछ

लाल किल्ला बनाएर

विजयउत्सव मनाउनुछ 

त्यसैले

यहाँ 

खुनमा शंका गरिएकाे छ

जुनमा शंका गरिएकाे छ।


चिट्ठीकाे अन्तिम लाइनमा लेखिएको थियाे

आखिर

तिमी पनि उहीँ

समाजकाे

उहीँ साथीभाइकाे…!

धन्यवाद ।


महेन्द्र केसी (माइला दाइ)

पर्वत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई